शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रियलमीले ल्यायो “उत्सवको बहार हरेक दिन उपहार” योजना

सोमबार, १० असोज २०७९, १२ : ३३
सोमबार, १० असोज २०७९

रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना ल्याएको छ । असोज १० गतेदेखि शुरु भएको यो अफरमा उपभोक्ताहरूले स्मार्टफोन, टिभी, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

२०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरूलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ । चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी सँधै नवीनतम प्रविधिहरू ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरूले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथको लागि हाम्रा उपभोक्ताहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै उहाँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेश उपहारहरू दिन गइरहेका छौँ । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले उहाँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।”

यस योजनाअन्तर्गत असोज १० गतेदेखि गते कार्तिक १४ सम्म  हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरू छानिनेछन् । यस योजनामा सहभागी हुनका लागि रियलमी क्याम्पेन डटकममा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ । यसरी छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछन् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिङ मसिन र ६५ इन्चको फोर के टिभी जित्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप