प्रतिक्षाले जितिन् मिस टिनको ताज

person explore access_timeअसोज १०, २०७९ chat_bubble_outline0

‘सेञ्चुरी मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतिक्षा डंगोलले जितेकी छिन् । आइतबार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा उनले ताज जितेकी हुन् । विजेता प्रतीक्षाले मिस टिनको क्राउनसहित नगद ३० हजार हात पारिन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा सुस्मिता अधिकारी फस्ट रनरअप र सुस्जिता पौडेल सेकेन्ड रनर अप भए । दुबैले क्रमशः २० र  १० हजार प्राप्त गरे । प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले हात पारिन् ।


हेल्दी बेस्ट स्किनको पूजा वली, नामी मिस इन्टलेक्च्युअल अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले प्राप्त गरेको प्रतियोगितामा एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् । किशोरीहरूको सामाजिक सांस्कृतिक वृत्ति विकासमा मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।