शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालपछि विदेश यात्रामा ‘ऐना झ्यालको पुतली’

सोमबार, १० असोज २०७९, १२ : ५९
सोमबार, १० असोज २०७९

नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । अब फिल्मले चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ ।

नेपाली भाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले बताए । निर्माता आकाशका अनुसार फिल्मको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार भर्खरै बिक्री भएको छ भने जापानमा फिल्म केही समय अघि नै बिक्रि भइसकेको छ ।  

निर्माता पौडेलले अष्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी दिए । फिल्म अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी गराएका छन् । भर्खरै नेपालबाट ९५ औँ संस्करणको एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालबाट सिफारिस भएको छ ।

 बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनौट हुने पहिलो फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्मले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्यो बाहेक फिल्म विदेशका थुप्रै फेस्टिभलमा पनि छानिएको थियो ।  

तीन दशक पुरानो परिवेश र समाजलाई कलात्मक तवरले अभिव्यक्त गरेको भन्दै दर्शकबाट धाप पाइरहेको फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् । फिल्ममा सिरु बिष्ट बाहेक नयाँ कलाकारको अभिनय रहेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप