बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकमा अल्मल्याएर संविधान कमजोर बनाउन खोजिँदैछ : गृहमन्त्री खाण

सोमबार, १० असोज २०७९, १३ : ४९
सोमबार, १० असोज २०७९

गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना सबैले गर्नुपर्ने बताएका छन् । अहिले संविधानमाथि सबैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले बताए । सोमबार नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरणमा अल्मल्याएर संविधानलाई नै कमजोर बनाउन खोजिएको टिप्पणी गरे । संविधान कमजोर हुँदा लोकतान्त्रिक गणतन्त्र पनि कमजोर हुने उनको भनाई छ । 

खाणले भने, ‘संविधानको पालना सबैले गर्नुपर्छ, संविधानको पालनामा कांग्रेस प्रतिबद्ध छ, देशका अन्य राजनीतिक शक्तिहरु पनि प्रतिबद्ध हुनुपर्छ ।’  उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता विधेयक कुनै बहानामा रोकिएमा ठूलो असमज्यता देखिने उल्लेख गरे ।

विधेयक प्रमाणीकरणमा अवरोध गरिनु असंवैधानिक कदम भएको उनले उल्लेख गरे । गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको जनअधिकार संकटमा पर्ने खाणले तर्क गरे । लोकतन्त्रको बहाली र सुदृढीकरणको लागि कांग्रेसको अग्रसरतामा गठबन्धन गरिएको उनको भनाई थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाण रुपन्देहीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्दैछन् । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर वडा नम्बर ६ भैरहवामा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
  
   
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप