शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल कार्डियाक सेन्टरद्वारा निःशुल्क मुटु परीक्षण

सोमबार, १० असोज २०७९, १४ : १२
सोमबार, १० असोज २०७९

नेशनल कार्डियाक सेन्टर काठमाडौंले पत्रकारहरुको मुटु स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा स्वास्थ्य बिटमा क्रियाशिल ३० जना पत्रकारलाई कार्डियाक सेन्टरले निःशुल्क मुटु जाँच गरेको हो । कार्डियाक सेन्टरमा पत्रकारहरुले मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, रगत जाँचहरु सुगर, कोलेस्टेरोल, थाइराइड लगायतको स्वास्थ्य परीक्षण गराएका हुन् ।

परीक्षण पछि बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतना,नेपालमा मुटु रोगीको अवस्था र मुटु रोग लाग्न नदिनका लागि व्यक्तिको भूमिका विषयमा जानकारी दिएका थिए । मुटु रोग लाग्न नदिनका लागि नियमित शारिरिक अभ्यास, स्वस्थ खानपान र सकारात्मक जिवन शैलीमा ध्यान दिएमा प्रेसर, सुगर, कोलेस्टेरोल नबढ्ने  उनको भनाइ छ ।  

कार्यक्रममा मुटु विशेषज्ञ डा.अभिषेक ठाकुरले हृदयाघात भएको कसरी थाहा पाउने, मुटुको धडकन बन्द भएर बेहोस भएमा कसरी सीपीआर दिने भन्ने विषयमा जानकारी दिएका थिए । डा.ठाकुरले आकस्मिक अवस्थामा कसरी प्राथमिक उपचार गर्ने विषयमा जानकारी गराएका थि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप