नेपाल र बंगलादेशबीचको खेलमा भीआईपीलाई ५ हजारका दरले टिकट बेच्दै एन्फा
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । मंगलबार घरेलु मैदानमा लामो समय पछि हुन लागेको यो मैत्रीपूर्ण खेलमा एन्फाले महँगो दरमा टिकट बेच्न लागेको हो ।
एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो । उक्त खेलका लागि भीआईपीतर्फको सो टिकटको मूल्य ५ हजार तोकिएको राईको भनाइ छ ।
८० टिकटको मूल्य ५ हजार भएपनि बाँकी टिकट भीआईपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रहेको राईले बताए । ‘हामीले सिमित ८० सिटको टिकटका लागि ५ हजार रुपैया तोकेका छौं । त्यसमा फुटबलमा सहयोग गर्न चाहनेहरुले टिकट काट्नु हुनेछ । बाँकी टिकटको मूल्य पूर्वनिर्धारित नै हुन्छ,’ राईले भने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल मंगलबार साँझ ५ः३० देखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै