मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमद्वारा अनलाइन टिकट बुकिङ शुरु

सोमबार, १० असोज २०७९, १५ : ०३
सोमबार, १० असोज २०७९

नेपाल वायुसेवा निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेको  छ । यस सेवाबाट यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट डब्लु डब्लु डब्लु डट नेपाल एयरलाइन्स डटकम डट एनपीबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवा मार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता हुने प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप