शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहाडको थुम्को लिएर आए सीताराम

सोमबार, १० असोज २०७९, १६ : १०
सोमबार, १० असोज २०७९

गायक सीताराम पोखरेलको २७ औं म्यूजिक भिडियो ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । भिडियोमा गायक पोखरेलले अभिनेत्री अनु शाहसँग रोमान्स गरेका छन् । सीताराम  र अनुको रोमान्टिक प्रेमकथा भिडियोले देखाउन खोजेको छ ।

समन अधिकारीको निर्देशन रहेको भिडियो मुस्ताङ जिल्लाको अति रमणीय स्थलहरु जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रहरुमा छायांकन भएको हो । अनिल कटवालले भिडियोका छायांकन तथा सम्पादन गरेका हुन् ।

विगत तीन दशकदेखि निरन्तर गायन यात्रामा सक्रिय गायक पोखरेलको यो गीत दसैंका अवसर पारेर सार्वजनिक गरिएको हो । रुपक बनवासीको शब्द र राज सागरको संगीत रहेको गीत आजरेस्क्यू क्रियसनको युवट्वयु च्यानलमार्फत सार्वजानिक गरिएको हो । आफ्ना गीतको म्यूजिक भिडियो गुणस्तरीय बनाउने पोखरेलले श्रोता दर्शकले यो गीत पनि मन पराउने विश्वास लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप