शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेव गौतम किन गए बर्दिया ?

सोमबार, १० असोज २०७९, २२ : २९
सोमबार, १० असोज २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज बर्दिया गएका छन् । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गएको अवस्थामा गौतम एकाएक बर्दिया झुल्किएपछि चासोको साथ हेरिएको छ ।

राष्ट्रियसभा सदस्यबाट गौतमले राजीनामा दिएर प्युठान वा बर्दियाबाट चुनाव लड्न चर्चा भइरहेको छ । ती दुई जिल्लामध्ये गौतमको अन्तिम रोजाइमा प्युठान परेको छ । चुनावका लागि गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लग्न सहमत भइसकेका छन् । यस्तो अवस्थामा गौतम बर्दियामा देखा परेपछि धेरैले चुनावको तयारीको रुपमा आकलन गरेका छन् । तर, गौतमका स्वकीय सचिव दिपक टमटाले आफ्नो साथीको छोरीको बिहे भएकाले निम्तो मान्न बर्दिया गएको बताए ।

‘आफ्नै निर्वाचन क्षेत्रमा साथीको छोरीको विवाह छ । त्यसैले निम्तो मान्न बर्दिया जानुभएको छ । वामदेव कमरेड चुनाव लड्ने तयारीका साथ माहोल बनाउन जानु भएको होइन । चुनाव लड्ने तयारी पनि छैन’ टमटाले भने । यदि सत्ता गठबन्धनमा सहमति भएमा गौतम राष्ट्रियसभाबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने योजनामा छन् । यद्यपि गठबन्धनभित्रै भागवण्डा पेचिलो भएपछि गौतमको विषयमा कुनै निर्णय हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप