बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनसीसी र कुमारी बैंकले गरे मर्जरको सम्झौता

सोमबार, १० असोज २०७९, १७ : १०
सोमबार, १० असोज २०७९

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र कुमारी बैंकबीच मर्जर हुने भएको छ । सोमबार दुई कम्पनीले कार्यक्रम गर्दै आफूहरूबीच मर्जर सम्झौता हुन लागेको जानकारी दिएका हुन् । विगत लामो समयदेखि मर्जरको प्रयासमा रहेका कम्पनीहरू अन्तत गाभिन सहमत बनेका हुन् । बैंकका सञ्चालकहरूबीच सहमती जुटेपछि  सोमबार कार्यक्रम नै गरेर बैंकहरूले मर्जरको घोषणा गरेका हुन् । 

दुई बैंकका सञ्चालकहरूबीच १ः१ को अनुपातमा मर्जर हुनेछ । तर, सम्पत्ती तथा दायित्व मूल्यांकन (डीडीए)पछि सेयर मूल्यमा पर्ने फरकसँगै सेयर अनुपात भने फेरिन सक्छ । हाल एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ छ । यस्तै, कुमारी बैंकको चुक्तपूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप