बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको विशेष चेकिङ : २० सवारी साधन कारबाहीमा, १६ नियन्त्रणमा

सोमबार, १० असोज २०७९, १८ : ३८
सोमबार, १० असोज २०७९

काठमाडौंको थानकोटमा सोमबार गरिएको विशेष  चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमोलगायतका २० वटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस्तै १६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको हो । 

चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका, टायर धेरै  घसिएका लगायत अवस्था ठिक नभएका २० सवारी साधनलाई कारबाही  १६ सवारी साधनलाई नियन्त्रणमा  लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

नियन्त्रणमा लिएका १६  सवारी साधनलाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था विभाग पठाउने तयारी गरिएको उनले बताए । अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप