बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इन्जिनियर किरण केसी काठमाडौं ७ बाट स्वतन्त्र चुनाव लड्ने

सोमबार, १० असोज २०७९, १८ : ५४
सोमबार, १० असोज २०७९

इन्जिनियर किरण केसी काठमाडौं क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । हालैमात्र अस्ट्रेलियाबाट नेपाल आएका केसीले मुलुकको विकास र समृद्धिका लागि युवाको नेतृत्व अपरिहार्य भएको भन्दै प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

अस्ट्रेलियामा स्थापित व्यवसायी समेत रहेका केसी पेसाले मेकानिकल इन्जिनियर हुन् । अस्ट्रेलियामा एमबिएको पढाइ सकेर बिजनेस गर्दागर्दै स्थापित भएका केसीले देश बनाउने उद्देश्यले आफू नेपाल फर्किएको बताए । ‘अस्ट्रेलियाको भिसा, पासपोर्ट सबै त्यागेर नेपाल आएको छु । अब जे गर्छु यहीँ गर्छु र देशकै लागि गर्नेछु’ केसीले भने, ‘अब राजनीतिक शुद्धीकरणका लागि युवाको सहभागिता अपरिहार्य छ, त्यसैका लागि मेरो उम्मेदवारी रहनेछ ।’ सोही अवसरमा ई.केसीले देशको विकास र सुशासनका लागि अब आफू पूर्णरुपमा राजनीतिमा समर्पित हुने समेत उद्घोष गरेका छन् । 

‘राजनीतिमा मुलतः ३ समस्या छन्, पहिलो नयाँ युगलाई बुझ्न असमर्थ फेजआउट भइसकेको जड नेतृत्व, दोस्रो राजनीतिकर्मीको उद्यमशीलता विहीन जीवनशैली र तेस्रो युवालाई अवसर दिनमा रोकावट ।’ यी तीन वटै कमजोर पक्षलाई शुद्धीकरण र शुद्धीकरण गरेर विकासको मूल फुटाउन म राजनीतिमा होमिएको हुँ’, उनले भने । 

पछिल्लो समय बढ्दो स्वतन्त्रको लहर हेरेर नभएर आफूले १० वर्षदेखिको योजना मुताबिक नै उम्मेदवारी दिने निर्णय गरेको उनले बताए । काठमाडौं क्षेत्र नं. ७ वासीको राम्रो साथ सर्पोट र हौसला पाएकाले आफूले जित्ने पूर्ण विश्वास रहेको समेत उनको दाबी छ । २८ वर्षे केसीले हालसम्म प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने सबैभन्दा कान्छा उम्मेदवार समेत आफू भएको उनले दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप