शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानी आणविक वैज्ञानिकको हत्या आरोपमा १४ जनाविरूद्ध अभियोग दायर

सोमबार, १० असोज २०७९, २२ : ३८
सोमबार, १० असोज २०७९

इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो । 

तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गरे ।  सालेहीले भने, “उनीहरूमाथि स्वदेशी माटोविरूद्ध भ्रष्टाचार, यहूदी शासनका लागि जासूसीमा सहयोग पुर्याएको, राष्ट्रिय सुरक्षामा खलल पु¥याउने उद्देश्यले मिलेमतो गरेको र ‘राष्ट्रिय सुरक्षा विरुद्धको कारबाही’ समावेश छ ।

इरानले फखरीजादेहको रिमोट कन्ट्रोल मेशिनगनबाट विस्फोटक पदार्थ र गोली हानी हत्या गरिएको दाबी गरेको छ । इजरायलले यस हत्याबारे कुनै टिप्पणी गरेको छैन । सन् २०१८ मा इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फखरीजादेहले इरानको आणविक बम बनाउने प्रयासको नेतृत्व गरेको आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप