शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लखनउमा ट्र्याक्टरको ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

सोमबार, १० असोज २०७९, २२ : ४९
सोमबार, १० असोज २०७९

लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ ।  उक्त ट्रयाक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ । 

घाइतेहरूलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप