निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ।
गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ।
सरकारले भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन तीनवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेपछि सेनाले मतदान स्थलको बाहिरी सुरक्षा गर्ने भएको छ ।
सरकारले निर्वाचन स्थलको सुरक्षाका लागि भित्री भागमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीलाई खटाउने भएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले ७१ हजार ६ सय ३१ जना र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।
यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन