शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इमरान खानले भने - मेरो हत्याको षडयन्त्र हुँदैछ

मङ्गलबार, ११ असोज २०७९, ०७ : ५९
मङ्गलबार, ११ असोज २०७९

पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाए।

मरियम पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । ‘ धार्मिक कट्टरपन्थीमार्फत मेरो हत्या गर्न मरियम नवाज र उनका सहयोगीहरूले मेरो विरुद्ध सांप्रदायिकता र धार्मिक घृणाको प्रचार गरेका छन्’, खानले भने ।

आफूलाई मृत्युसँग डर नभएको उनले बताए । गत शनिबार लाहोरबाट करिब ४०  किलोमिटर टाढा रहिम यार खानको एक ¥यालीमा पनि पीटीआईका अध्यक्षसमेत रहेका खानले आफ्नो हत्याको षडयन्त्र भएको दाबी गरेका थिए । ‘चार जनाले मलाई मार्ने ’बन्द ढोका’ पछाडि निर्णय गरेका थिए’, उनले भने ।

पूर्व क्रिकेटर खानले बारम्बार हत्याको षडयन्त्र भएको दाबी गर्दै आएका छन् । संसदमा अविश्वासको प्रस्तावमार्फत हटाइएका खान सत्ताच्युत भएपछि सरकारविरुद्ध आक्रोश पोख्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप