बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौँ महानगरको पर्व लक्षित बजार अनुगमन

मङ्गलबार, ११ असोज २०७९, ०८ : ०६
मङ्गलबार, ११ असोज २०७९

काठमाडौँ महानगरपालिकाले पर्व लक्षित  बजार अनुगमन सुरु गरेको छ ।  महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । 

अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । 

आज विहान  प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन हुने भएको छ । अनुगमनमा उपप्रमुख डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप