शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजमार्गका प्रचार सामग्री हटाइँदै

मङ्गलबार, ११ असोज २०७९, ०९ : ३४
मङ्गलबार, ११ असोज २०७९

चितवनको इच्छाकामना गाउँपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डमा प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृत रूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो ।

एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए ।

“गाउँपालिकालाई कर तिरेर व्यवस्थितरुपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङ बोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्छौँ”, उनले भने । धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ । यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङबोर्डमा रहेको गाउँपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप