शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिभिएसको ‘कायापलट’ अफरमा पाण्डेले जिते दश लाख पुरस्कार

मङ्गलबार, ११ असोज २०७९, ११ : ०२
मङ्गलबार, ११ असोज २०७९

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ अफरमा विराटनगरका मुरारी पाण्डेले १० लाख बढी नगद पुरस्कार जितेका छन् । उनले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि दश लाख नगद पुरस्कार जित्न सफल भएका हुन् । 

साथै जनकपुरका राज देव मुखियाले आरएन अटोमोबाइलसबाट टीभीएस रेडर खरिद गर्दा १०० प्रतिशत क्यास व्याक पाउन सफल भएका छन् । यसैगरी धापासी निवासी भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्सबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यास ब्याक पाएका छन् । 

कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्राहकहरुले लाखौंको नगद उपहार पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप