बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल र बंगलदेशबीचको खेल स्पोर्टस च्यानल र डिस होमले प्रत्यक्ष प्रशारण गर्ने

मङ्गलबार, ११ असोज २०७९, ११ : ०७
मङ्गलबार, ११ असोज २०७९

मंगलबार हुन लागेको नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने भएको छ । दशरथ रंगशालामा हुने खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीसहित नेपाली स्पोर्टस च्यानल र डिस होमले गर्ने तय भएको एडी रिलिजले जनाएको छ । खेल मंगलबार बेलुकी ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।

बंगलादेशविरुद्ध ‘हेड टु हेड’मा नेपाल निकै कमजोर सावित भएको छ । नेपालले बंगलादेशविरुद्ध अहिलेसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जित्दा नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएका छन् ।

सन् १९८३ मा नेपालले बंगलादेशविरुद्ध पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरको हार भोगेको थियो । नेपालले पछिल्लो पटक बंगलादेशविरुद्ध गएको वर्ष असोजमा खेलेको थियो ।

माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेको थियो । करिब एक वर्षपछि नेपालले बंगलादेशसँग फेरि खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक घरेलु मैदानमा बंगलादेशलाई हराएको थियो । त्यो थियो, थ्री नेसन्स कप । २०७७ चैत १६ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २– १ ले हराएर थ्री नेसन्सको उपाधि जितेको हो । फिफा वरियतामा नेपाल १७६ औं स्थानमा रहेको छ भने बंङ्गलादेश  १९२ औं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप