शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश डुंगा दुर्घटना प्रकरण : मृत्यु हुनेको संख्या ५१ पुग्यो

मङ्गलबार, ११ असोज २०७९, ११ : ५१
मङ्गलबार, ११ असोज २०७९

बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । दुर्घटनामा अझै केही  वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । 

खचाखच तीर्थयात्राले भरिएको  उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ । 

डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए । क्षमताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप