मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु, १० जनाको उद्दार

person explore access_timeअसोज ११, २०७९ chat_bubble_outline0

गोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष हुन्, उनको पहिचान खुलेको छैन ।


चुनमुब्री गाउँपालिका–१ स्थित मनास्लुमा हिमपहिरो जाँदा घाइते भएका १० जनाको उद्दार गरिएको छ । हेलिकप्टरबाट ७ जनालाई उद्दार गरेर काठमाडौंमा पठाइएको एसपी खनालले जानकारी दिए । सोमबार काठमाडौं ल्याइएका दोलखाका ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा घर भएका २० वर्षीय सुकु बहादुर तामाङ लाई कपनस्थित करुणा अस्पतालले डिस्चार्ज गरेको छ ।



मंगलबार बिहान निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ र संखुवासभा घर भएका मोहन सिंह तामाङलाई उद्दार गरेर कपनको करुणा अस्पतालमा भर्ना गरिएको छ । हिमपहिरोमा फसेका दुईजना निमा शेर्पा र फुर्वे शेर्पा हिँडेर आउँदै गरेको एसपी खनालले बताए । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।