शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसीसी र कुमारी बैंकको सेयर कारोबार रोक्का

मङ्गलबार, ११ असोज २०७९, १२ : २४
मङ्गलबार, ११ असोज २०७९

मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले मंगलबारदेखि एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंकले सोमबार मर्जरमा जाने सम्झौता गरेका थिए।

मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ । दुवै बैंक १ः१ अनुपातमा मर्जमा हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जरपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप