बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दोर्दीमा जलविद्युत आयोजना बनेसँगै सयौंले पाए रोजगारी

मङ्गलबार, ११ असोज २०७९, १२ : ४५
मङ्गलबार, ११ असोज २०७९

दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्।

आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपर दोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ५० जना स्थानीयलाई रोजगारी दिएको छ ।

यस्तै, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाले सयजनालाई रोजगारी दिएको दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल बताउँछन् । दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको १२.५ मेगावाटको दोर्दी-१ जलविद्युत् आयोजनाले पनि सयौँ स्थानीयलाई रोजगारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप