सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनलाई स्वास्थ्य सेवा पुरस्कार

person explore access_timeअसोज ११, २०७९ chat_bubble_outline0

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य सेवा पुरस्कार दिन लागेको हो ।


डा.पुनले एसोसिएसनबाट ११ सय डलरको पुरस्कार  पाउने भएका हुन् । डा पुनले प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको योगदानको प्रशंशा गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको एसोसिएसनले जनाएको छ । 



‘तपाईंले गर्नुभएको योगदानको उच्च प्रशंशा गर्दै हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ तपाईलाई समर्पण गर्ने निर्णय गरेका छौं,’  एसोसिएसनले पठाएको पत्रमा उल्लेख गरिएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।