बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्लबमा समारिका र स्मारिकासँग दिलिपको रोमान्स

मङ्गलबार, ११ असोज २०७९, १२ : ५४
मङ्गलबार, ११ असोज २०७९

अभिनेता दिलिप रायमाझीले क्लबमा समारिका र स्मारिका ढकालसँग रोमान्स गरेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि समारिका र स्मारिकासँग क्लबमा रोमान्स गरेका हुन् ।
हाँस्यकलाकार एवम् गायक राजा राजेन्द्र पोखरेलको गीत ‘लोकल नभई हुँदैन’ को भिडियो अभिनयमा उनले क्लबमा रोमान्स गरिरहेको देख्न सकिन्छ । मदिरा सेवन गरेपछि मानिसले गर्ने उटपट्याङ गतिविधि गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

गीत गायनमा पोखरेललाई शान्तिम् कोइरालाले साथ दिएका छन् । भिडियोमा दिलिप, समारिका, स्मारिकाको अलवा गायक गायिका पोखरेल र कोइरालाको समेत अभिनय देख्न सकिन्छ । 
शब्द तथा संगीत गायक पोखरेलकै छ । 

शिव विकको निर्देशन रहेको भिडियोमा विककै कोरियोग्राफी छ । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप