बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खलनायक जीवनसाथी रोज्ने यस्ता छन् बलिउड अभिनेत्री

मङ्गलबार, ११ असोज २०७९, १४ : २१
मङ्गलबार, ११ असोज २०७९

बलिउडमा यस्ता धेरै स्टार छन्, जो नायक होस् वा खलनायक हरेक पात्रमा फिट हुन्छन् । त्यसैले पनि बलिउडका केही अभिनेत्रीले वास्तविक जीवनमा जीवनसाथी अभिनेता नभई रियल लाइफको खलनायक रोजेका छन् । खलनायक जीवनसाथी रोज्ने यी हुन् बलिउड अभिनेत्री ।

रेणुका शहाणे:

रेणुका शहाणे सन् १९९४ मा फिल्म ‘हम आपके है कौन’ मा देखा परेकी थिइन् । यो फिल्म आफ्नो समयको सबैभन्दा ब्लकबस्टर फिल्ममध्ये एक हो । यो फिल्मपछि रेणुका शहाणेले नयाँ पहिचान पाइन् । रेणुका शाहणेले सन् २००१ मा बलिउड अभिनेता आशुतोष राणासँग विवाह गरेकी थिइन् । आशुतोष राणा मुख्यतया फिल्ममा भिलेनको भूमिकामा देखिन्छन् । उनी ‘दुष्मन’, ‘संघर्ष’ र ‘बादल’ जस्ता फिल्ममा खलनायकको भूमिकामा देखिएका थिए ।​

निवेदिता भट्टाचार्य: 

निवेदिता भट्टाचार्यले बलिउड फिल्मकी अभिनेत्री हुन् । उनले के के मेननसँग विवाह गरेकी हुन् । के के मेननले धेरै बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् ।

पूजा बत्रा:

 पूजा बत्रा ९० को दशककी सबैभन्दा सुन्दर अभिनेत्री हुन् । पूजा बत्राले सन् १९९९ मा आएको फिल्म ‘हसीना मान जायेगी’ मा काम गरेकी थिइन् । सन् २०१९ मा पूजा बत्राले बलिउड अभिनेता नवाब शाहसँग विवाह गरेकी हुन् । नवाब शाहले ‘डन २’, ‘टाइगर जिन्दा है’ जस्ता धेरै हिट फिल्मका साथै साउथ फिल्ममा पनि भिलेनको भूमिका निर्वाह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप