शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका २० सिट : १५ मा कांग्रेसको दाबी, १६४ जना सिफारिस (सूचीसहित)

मङ्गलबार, ११ असोज २०७९, १४ : ४०
मङ्गलबार, ११ असोज २०७९

काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँट पेचिलो बनेको छ । कांग्रेसले २० मध्ये कम्तिमा १५ सिटमा दाबी राखेको छ ।

सभापति शेरबहादुर देउवाले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई मंगलबार बिहान बालुवाटार बोलाएका थिए । बागमती प्रदेशमा एकल सरकार गठन हुने हिसाब–किताबका साथ कांग्रेसले सिट बाँडफाँटको नीति लिएको छ । कार्यदलका एक सदस्यका अनुसार काठमाडौंका २० वटा निर्वाचन क्षेत्रमा जसपा र राष्ट्रिय जनमोर्चाले कुनै सिट पाउने छैन । एकीकृत समाजवादी र माओवादीलाई बढीमा ५ सिट दिने कांग्रेसको तयारी छ । तर ०७४ मा २० वटै प्रदेशसभामा उम्मेदवार दिएको कांग्रेसले ४ वटा मात्र जितेको थियो ।

कांग्रेसले काठमाडौं – १ (क) मा दीपेन्द्र श्रेष्ठ, ३  (क) मा छिरिङ दोर्जे लामा, ४ (क) मा नरोत्तम वैद्य र १० (क) मा पुकार महर्जनले जितका थिए । बाँकी १६ सिट माओवादी केन्द्रको सहयोगमा तत्कालीन नेकपा एमालेले जितेको थियो । प्रदेशसभा सदस्यमा ३ सिट लिएको माओवादीले निल भएको थियो भने १७ सिटमा उम्मेदवारी दिएको एमालेले एउटा सिट मात्र गुमाएको थियो ।

एमालेबाट काठमाडौं १ (ख) मा गणेश दुलाल, २ (क) मा सानुकुमार श्रेष्ठ र (ख) मा मणिराम फुयाल,  ३ (ख) मा रामेश्वर फुयाल, ४ (ख) मा कुसुमकुमार कार्की, ५ (क) मा  नारायणबहादुर सिलवाल र दीपक निरौला, ६ (क) मा केशव स्थापित, ख मा योगेन्द्रराज संगौला, ७ (क) मा वसन्त मानन्धर, ८ क मा राजेश शाक्य र (ख) मा अष्टलक्ष्मी शाक्य र  ९ (क) मा अजयक्रान्ति शाक्य र (ख) मा केशवप्रसाद पोखरेल,  १० (ख) मा रमा आलेमगर निर्वाचित भएका थिए ।

जसमा काठमाडौं कुसुम कार्की, बसन्त मानन्धर र रमा आलेमगर एकीकृत अहिले एकीकृत समाजवादीमा छन् । एमालेको १३ सिटमा गठबन्धनभित्र भागबण्डाको रस्साकस्सी चलिरहेको छ । यता कांग्रेसमा प्रदेश २० वटा प्रदेश निर्वाचन क्षेत्रमा १६४ जनाले उम्मेदवार हुने आकांक्षा देखाएका छन् । कांग्रेस बागमती प्रदेशले प्रत्यक्षतर्फ उम्मेदवारका सिफारिस भएका १६४ जनाको नाम केन्द्रमा पठाएको छ ।

यी हुन् कांग्रेसबाट उम्मेदवारका लागि १६४ जना

काठमाडौं–१ को (क)बाट दीपेन्द्र श्रेष्ठ, राज अर्याल, प्रभाकरप्रसाद पाण्डे , सुरज भट्टराई, प्रतिमा मुडभरी, सागर भट्टराई र बाबुराम आचार्य गरी ७ जनाको नाम सिफारिस भएको छ । यस्तै १ को (ख)मा राजेन्द्र गुरुङ, सुनिता काफ्ले, सुरजचन्द्र लामिछाने, आदर्श विक्रम कार्की, सुनील शरण पराजुली, ऋषि कोइराला, गणेश बहादुर खत्री, राम बाबु प्रसाई र हिरा लाल शाक्य ९ जना आकांक्षी देखिएका छन् ।

काठमाडौं– २ को (क) बाट अर्जुन पराजुली, दिनेश विक्रम शाह, ध्रुव केसी, बसन्त घिमिरे, विप्लव अधिकारी, शिला रिजाल पराजुली, शिक्षित पराजुली र हिमाल घिमिरे गरी ८ जनाको नाम सिफारिस भएको थियो । निर्वाचन क्षेत्र (ख)बाट भने १४ जनाको नाम सिफारिस भएको छ । जसमा अनिता अधिकारी, उद्धव खड्का, ओम बहादुर कार्की, जयराम पुडाशैनी, दामोदर गजुरेल, दिपक थापा क्षेत्री, प्रयाग कुइँकेल, युपी लापमछाने, रामशरण ढुंगाना, लवराम दाहाल, विनोद सिलवाल, शकर थापा, शशांक श्री न्यौपाने र हरिभक्त न्यौपानेको नाम छ ।

काठमाडौं ३ को (क) दिपेन्द्र लामा, जयराम पुडासैनी, छिरिङ दोर्जे लामा, नातिकाजी कार्की, श्रीराम चालिसे, राधाकृष्ण पुडाशैनी, कुमार राज सुवेदी, डा सुन्दर सिंह बोहोरा, भोला सिग्देल, चन्द्र दिप लामा र जितेन्द्र धिताल गरी ११ जनाको नाम केन्द्रमा पुगेको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख)बाट मनोज ढुंगाना, गिता सिंखडा, विमल ठकुरी, कृष्णजी खड्का, विनय कुमार पण्डित, श्रीकृष्ण थापा, उत्तम खनाल र दितिल थापा गरी ८ जनाको नाम सिफारिस भएको छ ।

काठमाडौं – ४ को (क)बाट ८ र (ख)बाट ४ जनाको नाम सिफारिस भएको छ । जसमा नरोत्तम वैद्य, राधा घले, श्यामकृष्ण संगत, श्रीराम लामिछाने, विनोद बाबु प्रधान, शुशील नाहाटा, प्रशन्नमान श्रेष्ठ  रसरिन घिमिरे तथा न्हुच्छे नारायण श्रेष्ठ, अच्युत प्रसाद पौडेल, शंकर आचार्य र मनोज सिग्देलको नाम समेटिएको छ ।

काठमाडौं –५ को (क)बाट रमा गुरागाई, प्रकाश महर्जन, तेजेन्द्र गुरुङ्ग, अनिषराम भट्टराई, भैरव सापकोटा, किरणराज मिश्र, उत्तम शर्मा, लिखितेन्द्र श्रेष्ठ, प्रनिषज शाह, धिरेन विक्रम मोक्तान र सरोज पौडेल गरी ११ को नाम सिफारिस भएको छ । यस्तै काठमाडौं– ५ को (ख)बाट भिमसेन खत्री, डा भगवान् खड्का, राजु खड्का, गोकर्ण केसी खत्री, दीपक राज जोशी, श्याम बहादुर खड्का, राजेन्द्र महर्जन, रामचन्द्र घिमिरे, नविन केसी, कृष्ण प्रसाद वस्ती, फुलमाया तामाङ र सिंहराज श्रेष्ठ गरी १२ जना आकांक्षीको नाम केन्द्रमा पुगेको छ ।

काठमाडौं ६ को (क)बाट १० र (ख)बाट ७ जनाको नाम सिफारिस भएको छ । जीवन डंगोल, हरिप्रभा खड्गी श्रेष्ठ, सुवास अधिकारी, केदारनाथ पाठक, अष्टकुमार शाही, सुसन वैद्य, दीपक अर्याल, वर्षाराम भण्डारी, सरोज कुमार बस्नेत र पेम्बा तामाङ्गको नाम सिफारिस भएको छ । (ख) बाट इन्द्रमान महर्जन, विष्णुभक्त तिमल्सिना,  हरिहर अधिकारी, राजकुमार डंगोल, श्रीराम थापा, इच्छाराम कार्की र तेजेन्द्र जंग कार्कीको नाम सिफारिस भएको छ ।

काठमाडौं ७ को (क)बाट जनक राज उप्रेती, इन्द्रलाल सिंह, प्रशान्तमान मास्के, द्वारिका महर्जन, वेदकृष्ण श्रेष्ठ, राजिव श्रेष्ठ, विष्णुकुमारी पराजुली र उत्तम सिंखडा गरी ८ जनाको नाम सिफारिस भएको छ । यता (ख)बाट धर्मराज अर्याल, सविन तामाङ, वासुदेव लामा, सन्तोषी लामा, सुरेन्द्र श्रेष्ठ र रसिला लामा ६ जनाको नाम केन्द्रमा पुगेको छ ।

काठमाडौं – ८ को (क) र (ख)बाट ६–६ जनाको नाम सिफारिस भएको छ । जसमा ई. इन्द्रमान सिंह सुवाल, विजय गोपाल श्रेष्ठ, रोमेल श्रेष्ठ, राजेन्द्रराम श्रेष्ठ, प्रदीप कुमार शाही र सुरेन्द्र मानन्धर तथा राजु खरेल, केदार मानन्धर, अमिन पाण्डे, देवरत्न डंगोल, रविन सिंह बस्नेत र दिपक चन्द्र गौतमको नाम छ ।

काठमाडौं – ९ को (क)बाट ११ र (ख)बाट ५ जनाको नाम सिफारिस भएको छ ।  (क)बाट मोहनकुमार बस्नेतकाे नाम एक नम्बरमा सिफारिस हुँदा (ख) बाट राजेन्द्रप्रसाद भट्टराईको नाम छ । बाँकी १४ जनामा (क)बाट इन्द्रमान तुलाधर, सुनिल श्रेष्ठ, कुवेर खड्का, रमेश रायमाझी, सन्त महर्जन, विनोद डंगोल, सागर दास जित, डा अमिता प्रधान, उज्ज्यल बज्राचार्य र महेश थापा तथा (ख)बाट राजन खत्री केसी, श्याम कृष्ण खड्का, लव ढुंगाना केसी र  मिम बहादुर  मानन्धरको नाम छ ।

काठमाडौं – १० को (क)बाट पुकार महर्जन, राजेन्द्र खत्री, दिपेश विष्ट, राजेन महर्जन ,कृष्णमान डंगोल र देवेन्द्र केसी गरी ६ जनाको नाम सिफारिस भएको छ । यस्तै (ख)बाट धर्म नन्द श्रेष्ठ, इश्वर लामा, पुर्षोतम उदास, राजेन्द्र विक्रम बानियाँ, राजेन्द्र महर्जन राज, विमला पोखरेल र बाबु शरण महर्जन गरी ७ जनाको नाम सिफारिस भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप