बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत

मङ्गलबार, ११ असोज २०७९, १५ : ०६
मङ्गलबार, ११ असोज २०७९

४३ औँ पर्यटन दिवशको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ । पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलवार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरूलाई बाजागाजासहित स्वागत गरिएको हो । 

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख कासीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गरे ।   उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक संवद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो । 

त्यस्तै पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरूलाई पोखरा विमानस्थल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवद्र्धनको बारेमा छलफल गर्ने बताए ।  उनीहरुलाई प्रमाणपत्र प्रादन गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गरेका थिए ।

अध्यक्ष श्रेष्ठले उनीहरु तीन जनासहित पहिलो उडानमार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिए । पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रियासँगै पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरीएको छ  । यसका साथै पोखरास्थित विभिन्न पर्यटन संवद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाउँदैछन् नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउनसमेत माग गरेका छन् । साँझ पोखराको लेकसाइडमा मिनी सडक महोत्सवको आयोजना गरीएको छ । (न्युज एजेन्सी नेपाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप