बिग मर्जर नीतिको प्रभाव : बैंकको संख्या घट्दो, पुँजीकोष बढ्दो
नेपाल राष्ट्र बैंकले लिएको बिग मर्जर नीतिले बैंकहरुको संख्या कम र पुँजीकोष वृद्धि हुन थालेको छ । पछिल्लो समय बढ्दो बैंक मर्जरको लहरले अबको केही महिनाभित्रै वाणिज्य बैंकहरुको संख्या घटेर २१ मा झर्नेछ । कुनै समय ३२ वटासम्म वाणिज्य बैंक रहेकोमा सो संख्या घटेर अहिले २६ वटामा झरिसकेको छ । थप १० वटा बैंकहरु मर्जरको लाइनमा छन् ।
ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक, कुमारी बैंक, प्रभु बैंक, सेन्चुरी बैंक र हिमालयन बैंक सिभिल बैंक निकट भविष्यमा नै मर्जरमा जाँदैछन् । यी १० वटा बैंकहरु एक आपसमा मर्जर तथा एक्वीजीसन हुने तयारी छ । यसपछि वाणिज्य बैंकको संख्या २१ वटामा झर्नेछ ।
मर्जर र एक्वीजीसन प्रक्रियामा रहेकामध्ये नेपाल इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंक, ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाडू र कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाँदैछन् । यस्तै, हिमालयन बैंकले सिभिल बैंकलाई अक्वायर गर्न लागेको छ भने प्रभु बैंकले सेन्चुरी बैंकलाई अक्वायर गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
यसअघि नै नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई अक्वायर गरेको थियो । बैंकहरू एकपछि अर्काे गरी मर्जर तथा एक्वीजीसनमा जान थालेपछि अन्य बैंकहरुलाई समेत दबाब पर्न थालेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या कम गर्नको लागि मर्जर तथा एक्वीजीसनलाई दबाब दिँदा बैंकहरुले चाहेर वा नचाहेर पार्टनर खोज्न बाध्य छन् । वाणिज्य बैंकहरुको संख्या १५ वटाको हाराहारीमा राख्ने केन्द्रिय बैंकको अघोषित नीति छ ।
केही महिनाअघि मात्र राष्ट्र बैंकले सार्वजनिक गरेको बजार सर्वेक्षणमा नेपालमा १२ देखि १५ वटा मात्र वाणिज्य बैंक भए पुग्ने अभिमत प्राप्त गरेको थियो । सोही रिपोर्ट पश्चात बैंकहरुमाथि मर्जरको थप दबाब परेको हो ।
२१ वटा बैंक, ६ खर्ब ९२ अर्बको पुँजीकोष
वाणिज्य बैंकहरुको संख्या कम हुँदै गएपछि बैंकहरुको पुँजीकोष भने बढ्दै गएको छ । अहिले मर्जरमा गएका र मर्जरमा जाने सम्झौता भएका समेत गरी वाणिज्य बैंकहरुको संख्या २१ मा झर्ने देखिएको छ । वाणिज्य बैंकको कुल पुँजीकोष भने गत असार मसान्तमा नै ६ खर्ब ९२ अर्बमाथि पुगिसकेको छ ।
केन्द्रीय राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा कायम २७ वटा वाणिज्य बैंकको कुल पुँजी कोष ६ खर्ब ९२ अर्ब ८९ करोड ७ लाख रुपैयाँ रहेको छ ।
मर्जर/एक्वीजीसनमा रहेका बैंकको हुने पुँजीकोष (रकम रु.१० लाखमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा