बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभूति गर्ने

मङ्गलबार, ११ असोज २०७९, १५ : ५१
मङ्गलबार, ११ असोज २०७९

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्व २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभुति कोषले गर्ने भएको छ । 
 सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेको कोषले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप