बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा  श्रेष्ठ नियुक्त

मङ्गलबार, ११ असोज २०७९, १६ : ००
मङ्गलबार, ११ असोज २०७९

एफवान सफ्ट गु्रपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त भएका छन् ।  श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो । उनी यसअघि एफवान ग्रुप अन्तरगतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओको रुपमा र इसेवा मनि ट्रान्सफरमा निर्देशकको रूपमा कार्यरत थिए ।

आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै डाइरेक्टर श्रेष्ठले भने, ‘एफवान सफ्ट अन्तर्गतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र  गु्रप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ।’
स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङमा एमबीएसम्म अध्ययन गरेका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन् । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।  

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप