शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट हुने

मङ्गलबार, ११ असोज २०७९, १७ : ५६
मङ्गलबार, ११ असोज २०७९

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सो जानकारी दिएका हुन् । 

उनले नवौं राष्ट्रिय खेलकुदको लागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरु दर्ता भएको जानकारी दिए ।  उनले नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका र अन्य प्रदेशका भने केही खेलाडीहरु ड्राफ्टमा रहेको बताए । 
पोखरास्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रवार हुनेछ । यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीवार गर्ने तालिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप