बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टको ह्याट्रिक
मङ्गलबार, ११ असोज २०७९, १८ : १४
बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् ।
अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ