बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद बन्ने रेसबाट कांग्रेसका एक हजार ६ जना ‘रिङ आउट’

मङ्गलबार, ११ असोज २०७९, १९ : ३५
मङ्गलबार, ११ असोज २०७९

नेपाली कांग्रेसमा प्रतिनिधिसभा समानुपातिकतर्फ ११० जनाका लागि एक हजार ११६ जनाको नाम सिफारिस भएको थियो । कांग्रेसले असोज ३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार सांसद बन्ने रेसबाट एक हजार ६ जना ‘रिङ आउट’ भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २ र ३ गते बसेको संसदीय समितिको बैठकले एक हजार ११६ जनाबाट ११० जनाको नाम छनोट गरी निर्वाचन आयोगमा बुझाएको थियो ।

को–को भएका थिए सिफारिस ?

प्रदेश– १

प्रदेश १– मा कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ २१८ जना सिफारिस भएका थिए ।

जसअनुसार एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट लिलादेवी बोखिम, युवराज गुरुङ र शिला इमज गरी तीन जना सिफारिस भएका थिए ।

यस्तै, एउटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस भएको थियो । सिफारिस भएकाहरुमा सुरेन्द्रकुमार हमाल, दुतबहादुर गुरुङ, छवि बासकोटा, निरबहादुर विश्वकर्मा, जनीमाया थापा मगर, सान्ता बासकोटा, गौमाया लिम्बु र सूर्य नेम्वाङ छन् ।

दुई निर्वाचन क्षेत्र रहेको इलामबाट जम्मा १० जनाको नाम समानुपातिकतर्फ सिफारिस भएको थियो । क्षेत्र नम्बर–१ बाट ६ जना र क्षेत्र नम्बर २ बाट ४ जना सिफारिस भएका थिए ।

क्षेत्र नम्बर १ बाट हिमालय कर्माचार्य, हरिकला श्रेष्ठ, भुपेन्द्र कट्टेल, तोयानाथ भट्टराई, दिपक त्रिखत्री र पुनम गुरुङ गरी पाँच जना सिफारिस भएका थिए ।

क्षेत्र नम्बर–२ बाट हिमालय कर्माचार्य, अम्बिका चौहान, हरिप्रसाद खनाल र बसन्त थाम्सुहाङ सिफारिसमा परेका थिए ।

यसैगरी झापा क्षेत्र नम्बर १ बाट गोमाकुमारी भट्टराई, रामबहादुर कट्टेल, उषा गुरुङ, गंगाप्रसाद संग्रौला, मणिकुमार उप्रेती, दुर्गा खतिवडा, परमेश न्यौपाने, कालु मेच र विश्व विजय घिमिरेको नाम सिफारिस भएको थियो ।

झापा–२ बाट उद्धव थापा, टिकाप्रसाद प्रसाई, खड्गप्रसाद प्रसाई, हस्त परियार, भुमादेवी घिमिरे, राधादेवी साङवोहाङ, पाण्डवलाल चौधरी, युवराज विमली, हर्कलाल गिरी, विष्णुप्रसाद खरेल, उद्धिमप्रसाद उप्रेती, कंचना ढकाल सिटौला, केशवकुमार श्रेष्ठ, वीनकुमार विश्वकर्मा र तारादेवी कार्की गरी १५ जनाको नाम सिफारिस भएको थियो ।

झापा– ३ बाट समानुपातिक उम्मेदवारका लागि सुशील ढकाल आचार्य, भारतेन्दुकुमार मल्लिक, राजेन्द्र घिमिरे, लखन हेमरम र डम्बरसिंह सिगु गरी ५ जनाको नाम सिफारिस भएको थियो ।

झापा–४ बाट उत्तमबहादुर चौलागाईंको नाम एकल सिफारिस भएको थियो ।

यस्तै झापा–५ बाट रामकुमारी पौडेल, दिलिप राई, सुरेश सुब्बा, तुलसा पन्त, वीरबहादुर प्रसाई, अमर बराईली, कृष्णबहादुर धिमाल, सत्यनारायण चौधरी र अनिरुद्रप्रसाद ठाकुर गरी ९ जनाको नाम सिफारिस भएको थियो ।

मोरङ–१ बाट समानुपातिकतर्फ ललित अधिकारी, दिव्यादेवी बस्नेत, सीता कार्की र नारायण धिमाल गरी ४ जनाको नाम सिफारिस भएको थियो भने क्षेत्र नम्बर २ मा गोपालमानसिंह राजभण्डारी, अब्दुल रहिम, मोहनकुमार याक्खा, कर्णबहादुर याक्खा, सत्यनारायण पण्डित, कमला देवी दास, सकुन्तला बैठा र विमलादेवी दास गरी ८ जनाको नाम सिफारिस भएको थियो ।

मोरङ–३ बाट मित्रसेन योञ्जन, बसन्त भट्टराई र मिना विक सेन्चुरीको नाम सिफारिस भएको थियो भने क्षेत्र नम्बर ४ बाट हरि न्यौपाने, रामकृष्ण भट्टराई, पवन शारडा, भक्तिनाथ माझी, इन्दिरा कार्की, रामकुमार विश्वकर्मा, अरुण गुप्ता र गिरिजा सारडाको नाम सिफारिस भएको थियो ।

मोरङ–५ बाट दिनानाथ आचार्य, कमला श्रेष्ठ, फुलकुमार लालवानी, रञ्जितकुमार झा, सुनकुमारी कार्की र जयनाथ मण्डल गरी ६ जना सिफारिस भएको थिए भने मोरङ–६ बाट चुमनारायण तवदार, हरिनारायण चौधरी,  निरञ्जनप्रसाद रिजाल, महेशकुमार जाजु, देवीप्रसाद डाँगी, गोविन्दकुमार उराउ, रुक्मणीदेवी कोइराला, मृदुला कोइराला र इन्दिरा रिजाल गरी ९ जनाको नाम  सिफारिस भएको थियो ।

सुनसरी–१ बाट १७ जनाको नाम सिफारिस भएको थियो । जसमा उमेश थापा, हरिनाथ वास्तोला, विनोदकुमार राई, भीष्म काफ्ले, आनन्दप्रसाद आचार्य, डा. गोविन्दबहादुर तुम्बाहाङ्ग, उमा बास्तोला, मीना पुलामी, गणेश परियार, चित्रकुमारी राई, महेन्द्र प्रधान, मनोजकुमार घिमिरे, पूर्ण सुवेदी, प्रेम पौडेल, पूर्णबहादुर राई, निर्मला गुरुङ र गिरिराज आचार्यको नाम सिफारिस भएको थियो ।

सुनसरी–२ बाट नरेन्द्र चौधरी, वीरेन्द्र कार्की, किरण पोखरेल, गोपाल पोखरेल, प्रेमप्रसाद भट्टराई, जयप्रकाश चौधरी, रिद्धीराज कार्की, विष्णु कार्की, दिलकुमारी राई, ललितादेवी साह, बबिता स्वर्णकार, सविता परियार र राधिका कार्की गरी १३ जनाको नाम सिफारिस भएको थियो ।

सुनसरी ३ र ४ मा ९–९ जनाको नाम सिफारिस भएको थियो । सुनसरी–३ बाट हरिप्रसाद सापकोटा, सपनकुमार दास, कपलेश्वर यादव, किशोरकुमार सिंह, कल्पना चौधरी, सुमित्रा थरुनी, सीता भुषाल, सरिताकुमारी यादव र हेमलता चौधरीको नाम सिफारिस हुँदा क्षेत्र नम्बर ४ बाट अलाउद्दिन हुसैन, अवुल हुसेन अन्सारी, जमिल अख्तर मिया, राधिका कटुवाल, इरुफान मिया, मीरा पोखरेल, डिल्ली कार्की, चनर देव मेहता र टिकाबहादुर कटुवालको नाम सिफारिस भएको थियो ।

धनकुटाबाट समानुपातिकतर्फ दिनेश आठपहरीया राई, मनोहर नारायण श्रेष्ठ, अञ्जना ताम्ली याख्या, हरीकुमार राई, आनन्दकुमार सन्तोषी राई, उदयबहादुर लिम्बु, कामोटकुमार फागु, अम्बिका परियार, रामजी कोडरेन र चुडामणी धमला गरी १० जना सिफारिस भएका थिए ।

तेह्रथुमबाट गणेश प्रसाद विमली, अर्जुनबहादुर तुम्बाहाम्फे, रामनारायण ढुङ्गाना, विष्णुमाया आचार्य र शिवप्रसाद भट्टराई गरी ५ जनाको नाम सिफारिस भएको थियो ।

संखुवासभाबाट थलकुमार लिखा, रामकुमार जिमी, दिपेन्द्र वान्तवा, ज्ञानबहादुर कार्की, एगराज पोख्रेल र बिना पौडेल गरी ६ जना तथा भोजपुरबाट मायाँ राई, नन्दमणी राई, बालकृष्ण थापा, धर्मराज राई र शिशिरा राई गरी ५ जनाको नाम सिफारिस भएको थियो ।

सोलुखुम्बुबाट बलबहादुर केसी, पुरुषोत्तम बस्नेत, गोकर्ण राई, प्रभुराम बस्नेत, प्रकाशसिंह कार्की, आङछिरिङ्ग, राधिका श्रेष्ठ र धर्मबहादुर नेपाली सिफारिस हुँदा ओखलढुंगाबाट महेशकुमार कर्मोचा, गोमा केसी, बाला अधिकारी, पुरुषोत्तम दाहाल, डेगराज भट्टराई, हिमालक्ष्मी राई र वालगोविन्द राजभण्डारीको नाम सिफारिस भएको छ ।

खोटाङबाट समानुपातिकतर्फ ११ जना सिफारिस भएका छन् । जसमा सरस्वती वजिमय, शान्तिदेवी राई, दिनेशकुमार राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, जनककुमार कार्की, केशवराज कार्की, महेश रेग्मी र गणेश थापा छन् ।

उदयपुर–१ बाट समानुपातिकतर्फ सत्यनारायण चौधरी, विरेन्द्रकुमार बस्नेत, महेन्द्र प्रसाद चौधरी, बेचुदास चौधरी हिरालाल ठाकुर, सत्यनारायण झा, हिरामान मोते, मोहमद इदिहास मियाँ, लिलाकुमारी राई बान्तवा, कलावति चौधरी, सरस्वती महतरा र शान्तिदेवी चौधरी गरी १२ जनाको नाम समानुपातिकमा सिफारिस भएको थियो ।

यस्तै उदयपुर–२ बाट अर्जुनकुमार खड्का, आपालदे शेर्पा, नारायण बहादुर कार्की, निर्मला न्यौपाने कार्की, पार्वती राई, शिवकुमार कटुवाल, हरीबहादुर खड्का, हेरम्बबहादुर थापा, त्रिभुवन दाहाल, ज्ञानकुमारी गिरी र गडुलबहादुर सारुमगर गरी ११ जना सिफारिस भएका थिए ।

मधेस प्रदेश

मधेस प्रदेश प्रदेशबाट समानुपातिकतर्फ २०३ जना सिफारिस भएका थिए । जसअनुसार सप्तरी– १ बाट मात्रै ३२ जनाको नाम  सिफारिस भएको थियो ।

सप्तरी–१ बाट विरबल विराजी, देवनारायण मण्डल, नागेन्द्र झा, रामकुमार चौधरी, खगेन्द्र कर्ण, महेन्द्रप्रसाद यादव, भुवनेश्वर साफी, मुन्नी कुमारी गुप्ता, निशु काफले, रमणि देवी राम, रमेश कुमार कार्की, रमा देवी यादव, सरस्वती राउत, अवधेश्वर मेहता, आशाराम चौधरी, रामरती देवी गुप्ता, इन्द्रनारायण यादव, सतजित झा सिफारिस भएका छन् । सोही क्षेत्रबाट भुवनप्रसाद अचार्य, शेषनारायण श्रेष्ठ, असर्फी सदा, नन्द किशोर मण्डल, नन्द कुमार लगरबार, वैधनाथ प्रसाद गुप्ता,

वैधनाथ प्रसाद कुसैत, जयकुमार यादव, राजाराम यादव, कृष्णचन्द्र यादव, जितबहादुर श्रेष्ठ, रेणुकुमारी गुप्ता र रामलखन मण्डलको नाम सिफारिस भएको थियो ।

यस्तै सप्तरी–२ बाट प्रदिपकुमार यादव, सुशील सेवा, सुशीला यादव, कल्पना सिंह चौधरी, मालती चौधरी, डा. सुरेन्द्र चालिसे, प्रदीप झा, रामचन्द्र मण्डल, मोहीनी साफी, चिरन्जिवी लाल देव, रामनारायण देव, राधेश्याम देवी, मो. जिवरिल र अनुप सिंह गरी १४ जना सिफारिस भएका थिए ।

यस्तै सप्तरी–३ बाट भोलाप्रसाद साह, शिव नारायण चौधरी, श्रीप्रसाद राउत, छेदी चौधरी, बसन्त विश्वकर्मा, डा.उदयकान्त चौधरी र फुला कुमारी यादव गरी ७ जना सिफारिस भएका थिए ।

सप्तरी–४ बाट प्रदेश कार्यसमितिबाट गीता कुमारी चौधरी, शोभा कुमारी चौधरी, तफेजुल मिया, जुक्ति मण्डल  र मो फिरोज गरी ५ जनाको नाम सिफारिस भएको थियो ।

यसैगरी सिरहा–१ बाट सूर्य नारायण यादव, शुभानन्द चौधरी, रामगणेश दास, उषा राउत मिश्र, राजदा खातुन र कुसुम देवी यादव गरी ६ जना तथा क्षेत्र नम्बर २ बाट रामचन्द्र यादव, रामकुमार यादव बाबा, अनिता कुमारी महतो र जबाहर यादव गरी ४ जना प्रदेश कार्यसमितिबाट सिफारिस भएका थिए ।

सिरहा–३ बाट मधुसुधन यादव, सन्तोषी यादव र बेचन महतो गरी ३ जना तथा क्षेत्र नम्बर ४ बाट मञ्जु खाण र मो.मुख्तर अहमदको नाम मधेस प्रदेश कार्यसमितिबाट सिफारिस भएको थियो ।

धनुषा– १ मा आनन्द ढुंगानाको एकल सिफारिस भएको थियो भने क्षेत्र नम्बर २ बाट महेश शंकर गिरी, बसन्त कुमार गौतम, शिवधारी यादव, गणेश साह, विनोद महरानी, रामकला यादव, रूप नारायण साफी, सिवेश्वर साफी, सीता देवी मण्डल र अतिमा खानको नाम सिफारिस भएको थियो ।

धनुषा–३ बाट विमलेन्द्र निधि र निभा ठाकुरको नाम सिफारिस भएको थियो भने क्षेत्र नम्बर ४ बाट योगेन्द्र पंजियार र तुलसा आचार्यको नाम सिफारिस भएको थियो ।

महोत्तरी १ र २ बाट समानुपातिकतर्फ ७–७ जना सिफारिस भएका थिए । क्षेत्र नम्बर १ बाट जितेन्द्र महतो, शत्रुधन प्रसाद गुप्ता, राजकुमार महतो, विष्णुदेव यादव, फेकन राम, प्रतिमा कोइराला र सम्झना गौतम तथा क्षेत्र नम्बर २ बाट महेन्द्र कुमार मिश्र, धर्मेन्द्र कुमार पाण्डे, डा.लक्ष्मी नारायण सिंह, ओम शंकर यादव, रामचन्द्र सिंह, शिकली देवी र सरोज कुमार शर्माको नाम सिफारिस भएको थियो ।

महोत्तरी–३ मा रामचन्द्र तिवारी र रश्मी ठाकुरको नाम सिफारिस हुँदा क्षेत्र नम्बर ४ बाट नगीना यादव, महेन्द्रकुमार राय, ई. शालिग्राम सिंह, डा. अञ्जनीकुमार झा र संगिता मण्डल धानुक गरी ५ जनाको नाम सिफारिस भएको थियो ।

सर्लाही १ बाट सर्मिला थापा, भवानी कुमारी कोइराला, रजनीकान्त झा, सुरेन्द्र बहादुर प्रधान, सुशिला कार्की, सत्यदेव सिंह दनुवार र मरनी देवी साह गरी ७ जनाको नाम सिफारिस भएको थियो भने २ नम्बरमा शिवजी राय यादव, लक्ष्मण राय, शारदा देवी र धनमन्ती यादव गरी ४ जनाको नाम सिफारिस भएको थियो ।

सर्लाही ३ र ४ बाट ३–३ जना सिफारिस भएका थिए । क्षेत्र नम्बर ३ बाट पुण्यप्रसाद घिमिरे, माया कार्की बस्नेत र यसोदा निरौला चालिसे तथा क्षेत्र नम्बर ४ बाट डा.राजेश्वर प्रसाद सिंह, अजित सिंह र गगनदेव चौरसियाको नाम सिफारिस भएको थियो ।

यस्तै रौतहट–१ बाट रामकृपाल यादव, नरेन्द्र पासवान, भुवनीगिरि श्रेष्ठ, बिन्दा साहनी र मिनाक्षी झा गरी ५ जनाको नाम सिफारिस हुँदा क्षेत्र नम्बर २ बाट रामलोचन प्रसाद कलवार, जफिरा खातुन, धमेन्द्र पासवान र अन्जु झा गरी ४ जनाको नाम प्रदेश कार्यसमितिबाट केन्द्रमा आएको थियो ।

रौतहट–३ बाट निर्मला सुवेदी, फिरोज आलम र राम नारायण प्रसाद यादव, क्षेत्र नम्बर ४ बाट सरस्वती गिरि, अनिता कर्ण, अनन्त कोइराला र लक्ष्मी बराल सिफारिस भएका थिए ।

बारा–१ बाट समानुपातिकतर्फ विष्णु नेपाल, सुगान्धी मण्डल महतो धानुक, बसन्त चौधरी, उपेन्द्र चौधरी, मुरलीधर चौधरी, जमुनाप्रसाद कानुन, भरत वाग्ले, विष्णु नेपाल, देवदत्त बछार र राम अधार यादव सिफारिस भएका थिए भने क्षेत्र नम्बर २ मा राजेन्द्रप्रसाद यादव, हरिनाथ प्रसाद यादव, रुपनारायण यादव, रामजन्म यादव, प्रमानन्द प्रसाद साह, साबरुन नेशा, खेमनारायण शर्मा, हरिबाबु चौधरी, भुनेश्वर धामी, राजेश्वर चौरसिया, अरुण ज्ञवाली, लोकनाथ यादव, रामचन्द्र साह, प्रल्हादप्रसाद यादव, रामएकवाल प्रसाद यादव र नवलकिशोर यादव सिफारिस भएका थिए ।

क्षेत्र नम्बर ३ बाट फरमुल्लाह मंसुर, जयचन्द चौरसिया, कलावती पासवान, भवरिया पासवान, उषा देवी राम, रन्जन भट्टराई, रविकरण साह, श्यामबहादुर मगर, बन्धन देवी, डा. इमराना खातुन, कलावती देवी पासवान, रामानन्द यादव, प्रभात कुमार

चौरसिया, रंजन भट्टराई, रविकरन साह, भवरिया पासवान, उषा देवी राम, श्याम बहादुर मगर र बदन देवी गरी १९ जना सिफारिस भएका थिए ।

यस्तै बारा–४ बाट मधु शाही ठकुरी, बृजलाल प्रसाद यादव मधेसी, इन्द्रासन प्रसाद मण्डल, सुशील प्र.सेनुरिया बानिया, मधु शाही ठकुरी, इश्वरी ठाकुर, भागवती फुयाल, हरी प्रसाद थपलिया, रामेश्वर प्रसाद सहनी र अनिता देवी गरी ९ जनाको नाम सिफारिस भएको थियो ।

पर्सा–१ बाट ईश्वर भक्त श्रेष्ठ, राजकृष्ण अमात्य, आदित्य प्रकाश प्रधान, लक्ष्मीनाथ नेपाल, प्रकाश कुमार उपाध्याय, ब्रहमदेव प्रसाद कुर्मी, विनय सिंह, मनोज कुमार दास, शम्भु हाजरा दुसाद, किरण सरकार, निर्मला देवी र सुष्मा तिवारी द्विवेदी सिफारिस हुँदा क्षेत्र नम्बर २ बाट राकेश सिंह, कन्हैया लाल केशरी बनिया र रिता देवी गुप्ता कलवारको नाम सिफारिस गरिएको थियो ।

पर्सा–३ बाट शम्भुप्रसाद चौहान र शिव चौधरी सिफारिस हुँदा क्षेत्र नम्बर ४ बाट कसैको नाम पनि सिफारिस गरिएको थिएन ।

बागमती प्रदेश

बागमती प्रदेशबाट प्रतिनिधिसिभा समानुपतिकतर्फ २४६ जनाको नाम सिफारिस भएको थियो । जसअनुसार सिन्धुली–१ बाट गंगा दाहाल, विनोद कुमार गुरुङ, अर्पणा खड्का, उर्मिला कोइराला, सुनन्दा घिमिरे सिफारिस हुँदा क्षेत्र नम्बर २ बाट सुशिला थिङ, कुमारी इन्दिरा पोखरेल, दीपशिखा शर्मा ढकाल, सिरिचन चौधरी र टिकाजंग थापाको नाम सिफारिस भएको थियो ।

यस्तै रामेछापबाट आङटावा शेर्पा, गेल्जेलामा शेर्पा, विद्यासागर योजन, मञ्जु पुर्वे, मुक्तबहादुर महते, डा.सुमन कर्माचार्य, सुरेन्द्र कुमार घिसिङ, सशिला खड्का मिश्र र हिमाल दास श्रेष्ठको नाम सिफारिस हुँदा दोलखाबाट प्रभुराम श्रेष्ठ, पुष्कर कुमार खड्का र सुमित्रा न्यौपानेको नाम सिफारिस भएको छ ।

यसैगरी सिन्धुपाल्चोक–१ मा सिद्धीवज लामा, भोजराज श्रेष्ठ, तारा शाक्य र रामशरण भण्डारी गरी ४ जना, क्षेत्र नम्बर २ बाट विकास लामा, श्यामबहादुर श्रेष्ठ र सानु माया हिमालय, जिमी लामा सिफारिस भएका छन् ।

काभ्रे–१ बाट समानुपातिकतर्फ ललिता किङरिङमगर, रसिला खनाल, विष्णुमाया पुलामी, मिरा नेपाली, हर्षजित लामा, कान्छा लामा, बाबुराम गिरी, रामकुमार श्रेष्ठ, इन्द्रमणी अधिकारी, रमेश प्रसाद हुमागाई, गोविन्दबहादुर थापा र आश्वीनप्रसाद चौलागाई गरी १२ जनाको नाम सिफारिस भएको थियो ।

यस्तै क्षेत्र नम्बर २ बाट कुमार लामिछाने, डा. राम थपलिया, गणेश अधिकारी, पुण्यप्रसाद रिजाल, प्रविण धिताल, उदय केसी, माधवप्रसाद कोइराला, कमला थापा, लिला नेपाल, सावित्री लामिछाने, सरस्वती वैद्य, रिता गौतम दाहाल, विरता श्रेष्ठ, प्रचण्डराज प्रधान, बेलबहादुर लामा, बल बहादुर तामाङ, मन्जु कुमार कोजु, प्रविण कुमार श्रेष्ठ, राजेश लामा, सुस्मिता नेपाली, सुमित्रा परियार दर्जी, राम प्यारी पोटे अवाले र मनिस सोजु गरी २३ जनाको नाम सिफारिस भएको थियो ।

ललितपुर–१ बाट खोपप्रसाद घिमिरे, क्षेत्र नम्बर २ बाट प्रकाशनन्दन जोशी, बाबुराजा चित्रकार, सुधालाल मुल्मी, पूर्णमान शाक्य, डा.प्रभु बुढाथोकी, सिद्धबहादुर शाक्य र डा. टीएन योगी सिफारिस भएका थिए ।

ललितपुर–३ बाट समानुपातिकमा ओमकारप्रसाद श्रेष्ठ र उर्मिला केसी नेपालको नाम सिफारिस भएको थियो ।

यस्तै भक्तपुर–१ बाट गंगा लक्ष्मी अवाल, रुपा थापा, राम सुन्दर खाईतु र रञ्जना कक्षपति, क्षेत्र नम्बर २ बाट रमा कोइराला पौडेल, अष्ट कुमार कवें, नारायणप्रसाद खायमली अच्युतप्रसाद अधिकारी, जयराम श्रेष्ठ, मिना कुमारी ढकाल, सविन ढुंगेल र माथवर सिंह बस्नेत गरी ८ जनाको नाम सिफारिस भएको थियो ।

काठमाडौं–१ बाट कल्याणी रिजाल, मोहन कुमार राई, नरेन्द्र काजी श्रेष्ठ, नारायण महत क्षेत्री, दलबहादुर दर्जी, कृष्णा खरेल र सुनिता श्रेष्ठ गरी ७ जनाको नाम सिफारिस गरिएको थियो । यस्तै क्षेत्र नम्बर २ बाट प्रतिमा गौतम, हरिशरण नेपाली, भद्रा भण्डारी, कमला आचार्य गजुरेल, जानकी केसी, मनहरी खड्का, लक्ष्मी थापा र हरिशचन्द्र श्रेष्ठ गरी ८ जनाको नाम सिफारिस भएको थियो । काठमाडौं–३ बाट अम्बिका बस्नेत, हरिबोल भण्डारी, विष्णुदेवी पुडासैनी, डम्बर लामा, कर्मा लामा, शम्भुप्रसाद अधिकारी, कोमल लामिछाने र साम्देन लामा सिफारि हुँदा क्षेत्र नम्बर ४ बाट राजु श्रेष्ठ, कर्माछिरिङ शेर्पा, अनारदेवी बस्नेत, ई ध्रुव थापा, सीता दाहाल निरौला, रोहित पौडेल, राजाराम कपाली, पुरुषोत्तम दाहाल, सुमन घिमिरे बस्नेत, याकिला शेर्पा, डा आरती कार्की, राजन विक, लाल ब. भित्राकोटी, विमल भित्राकोटी, सिर्जना अधिकारी, शलिना पाण्डे र रमा थापा गरी १७ जनाको नाम सिफारिस भएको थियो ।

यस्तै काठमाडौं–५ बाट विनोद भट्टराई, श्याम बहादुर खड्का, रामबहादुर केसी, हिरण्यमान प्रधान, गंगा सुनार, अकला गुरुङ, अच्युतप्रसाद सापकोटा, माधव प्रसाद श्रेष्ठ, कमायुदिन मुसलमान, हरिप्रसाद थपलिया र सुविर खनाल गरी ११ जना सिफारिस भएका थिए ।

काठमाडौं ६ बाट गोविन्द परियार, अम्बिका शर्मा लामिछाने र याशीवा रहमान सिफारिस हुँदा काठमाडौं ७ बाट अन्जु सिंह चौधरी, अच्युत पाण्डे, दिपेन्द्र सिंखडा, दिव्य पवन अलौकिक, डिल्लीराम नकर्मी, पुरुषोत्तम नारायण मघैया, रामेश्वर उपाध्याय, रणबहादुर नेपाली, सिर्जना लामिछाने फुयाँल, श्रीराम उपाध्याय आचार्य र श्याम बहादुर गोतामेको नाम सिफारिस भएको थियो ।

यस्तै काठमाडौं–८ बाट कृष्णा अमात्य, प्रचण्ड देव मानन्धर, राज्यलक्ष्मी श्रेष्ठ, रविन्द्रलाल श्रेष्ठ, बद्री प्रसाद नेपाल र रमेश प्रसाद गौतम काठमाडौं ९ बाट किरण गिरी, दामोदर गौतम, बासु कार्की र बन्दना थापाको नाम सिफारिस भएको थियो ।

यस्तै काठमाडौं–१० बाट योगेन्द्र कुँवर, गणेश बहादुर सुवेदी, नारायण प्रसाद सुवेदी, नरेन्द्र राज कोइराला, ध्रुव खनाल, अशोक रिजाल, लक्ष्मी देवी रावल, गोपाल श्रेष्ठ, राममान सिंह, दीपक लामा, हरिबहादुर महर्जन, हिराबहादुर प्रधान, बद्रीनाथ श्रेष्ठ र यमुनादेवी श्रेष्ठ गरी १४ जनाको नाम सिफारिस भएको थियो ।

यता रसुवाबाट ठाकुरप्रसाद देवकोटा, सरला देवकोटा, शान्ताकुमारी थापामगर, र दुर्गानाथ न्यौपाने सिफारिस हुँदा नुवाकोट–१ बाट डा. रामशरण महत, डा. केदारनरसिंह केसी, कल्पना नेपाली, प्रकाश गोतामे र सीता मिजार, नुवाकोट–२ बाट अर्जुननरसिंह केसी, ध्रुवप्रसाद अधिकारी, रुक्मीणी सेढाई, राज्यलक्ष्मी पाण्डे श्रेष्ठ र रामेश्वर उपाध्यायलाई प्रदेश कार्यसमितिले सिफारिस गरेको थियो ।

यस्तै धादिङ–१ बाट उर्मिला थपलिया, दीपकान्त थपलिया, कविता इटनी र ईन्द्र कँडेल, धादिङ २ बाट शिवराज अधिकारी, देवी कुमारी बुर्लाकाटी र हर्कमान तामाङको नाम सिफारिस भएको थियो ।

यता मकवानपुर–१ बाट रघुरमण न्यौपाने, विष्णुप्रसाद लामिछाने, गोपिलाल विक, नारायण लम्साल, पवित्रा विक, सुवातसिं थिङ, गीता राई, संजिता सिग्देल, सुदिप बर्तौला, राजकुमार जीएम र राजकुमार वाईवासहित ११ जना समानुपातिकतर्फ सिफारिस भएका थिए ।

क्षेत्र नम्बर २ बाट उदयमोहन श्रेष्ठ, आनन्द कठायत, उमा दहाल, सन्तबहादुर प्रजा र गोरीमाया लामा सिफारिस भएका थिए ।

यस्तै चितवन–१ बाट सुशीलादेवी उप्रेती, जोखाप्रसाद चौधरी, सावित्रीदेवी चौधरी, बासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सावित्री बोगटी पाठक, सूर्य अर्याल र मानबहादुर थापा, क्षेत्र नम्बर २ बाट शालिग्राम शर्मा पौडेल, गौरीकुमारी श्रेष्ठ, शान्ति परियार विक, केशवराज कडेल, रामकुमार श्रेष्ठ, पवित्रा केसी, इन्द्रनारायण श्रेष्ठ र भुवनराज खनालको नाम सिफारिस हुँदा चितवन–३ बाट टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, चन्द्रध्वज गुरुङ, विष्णुमाया परियार, तोपमानसिंह गुरुङ, सरिता केसी, उमेशचन्द्र पौडेल, केदारनाथ कोइराला, लक्ष्मीकान्त दवाडी, शिवनारायण महता, बुद्धिबहादुर गुरुङ, शम्भुबहादुर भण्डारी, शारदा गुरुङ, विरबहादुर लोहनी, गणेश पौडेल, कासीराम अधिकारी र मुकेश सापकोटा गरी १७ जनाको नाम सिफारिस भएको थियो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशबाट ११४ जनाको नाम प्रतिनिधिसभातर्फ समानुपातिकमा सिफारिस भएको थियो ।

जसअनुसार गोरखा– १ बाट जीवनप्रेम श्रेष्ठ, युवराज वास्ताकोटी, जगत बराम र रजनी मियाँ तथा क्षेत्र नम्बर २ बाट अब्दुल सतार, हरीबहादुर घले, रबिकला खनाल, पिताम्बर बडु र अम्बिका न्यौपानेको नाम सिफारिस भएको थियो ।

लम्जुङबाट कोपिला विक, कृष्णमाया विक, गर्जबहादुर गुरुङ, तिरकासी गुरुङ र शुभनाथ मिश्र सिफारिस भएका थिए । तनहुँ–१ बाट रामचन्द्र पोख्रेल, मीरा जोशी र यमुना खड्का विकको नाम सिफारिस हुँदा तनहुँ–२ बाट सन्तोष घिमिरे र चन्द्रकला भट्टराई सिफारिस भएका थिए ।

स्याङ्जा–१ बाट धनराज गुरुङ, गोपालमान श्रेष्ठ र दीर्घनारायण शर्मा, स्याङ्जा–२ बाट कमला न्यौपाने, गोपालमान श्रेष्ठ, चन्दा अधिकारी, दिलिपप्रताप खाँण, धनराज गुरुङ, फनिनारायण रेग्मी, सरस्वती अर्याल तिवारी र खसरा विक गरी ८ जनाको नाम सिफारिस भएको थियो ।

यस्तै कास्की–१ बाट सरस्वती गुरुङ, तारानाथ रानाभाट, तिर्थ जंगली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मिया, बिन्दुकुमारी भण्डारी, इ.रामबहादुर केसी र तर्कजंग गुरुङ, कास्की–२ बाट किरण केसी डा.रामचन्द्र पोखेल, निर्मलप्रसाद कर्माचार्य, शकुन्तला कोइराला, ज्योति कोइराला, हारुन खाँन पैठाना, तीर्थकुमारी गुरुङ, राजेन्द्रनिधि कोइराला, भुवनसिंह गुरुङ, शोभियतबहादुर अधिकारी, विष्णु सिग्देल, रामचन्द्र शर्मा र माइकल कर्माचार्यको नाम सिफारिस भएको थियो ।

कास्की–३ बाट खिमलाल बास्तोला, शारदा पौडेल, खेमराज पौडेल, महादेव गुरुङ, कृष्णकुमारी परियार, गंगा केसी, मनबहादुर विक र अब्दुलरसिद मियाँ र रामप्रसाद अधिकारी गरी ९ जना सिफारिस भएका थिए ।

मनाङबाट च्यूङ गुरुङ र मुस्ताङबाट रोमी गौचन थकालीको नाम सिफारिस भएको थियो । यस्तै म्याग्दीबाट गोपाल बानियाँ, दिलबहादुर वरुवाल, नेत्रबहादुर महत, प्रताप पुर्जा, बिनाकुमारी खड्का, भीमबहादुर रोका, मनकुमारी विश्वकर्मा, माधवप्रसाद रेग्मी, श्रीप्रसाद रोकाया, हिराबहादुर पुन र त्रिलोकचन्द्र विश्वास विक गरी ११ जनाको नाम सिफारिस भएको थियो ।

पर्वतबाट चित्रकला भारती शर्मा, विश्वप्रकाश प्रसाई, गंगाधर पौडेल, सनम बेगम, तुक्लाकुमारी शाक्य, दुर्गाबहादुर खत्री, राधाकुमारी कुंवर क्षेत्री, विद्वान गुरुङ, डण्डपाणी रिजाल, नवराज गुरुङ, भवानीशंकर पौडेल, रेखा गुरुङ, जितबहादुर सुनार, जितबहादुर नेपाली, धनेश्वर रेग्मी, सरस्वती शर्मा जिज्ञासु, कालीभक्त शर्मा, लालकुमारी कार्की सीके, डीलबहादुर थापा, निर्मल विश्वकर्मा, मेघमाया गुरुङ, खिमप्रसाद भुसाल, खैसरा परियार र खगेन्द्रप्रसाद तिवारी गरी २४ जनाको नाम केन्द्रमा आएको थियो ।

बागलुङ–१ बाट खगेश्वरी शर्मा, टंकप्रसाद शर्मा कँडेल, धर्मबहादुर क्षेत्री, पुर्णबहादुर पौडेल, प्रेमबहादुर छत्याल, भीम श्रीष, रत्न शेरचन, डा. रामबहादुर केसी र हरिप्रसाद श्रेष्ठ, बागलुङ–२ बाट तारानाथ पौडेल, तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेणुका काउचाको नाम सिफारिस भएको थियो ।

नवलपुर–१ बाट कृष्णचन्द्र नेपाली पोखरेल, भानुभक्त सिग्देल, विनाकुमारी थनेत, धनबहादुर मास्के, प्रेमबहादुर विक, महेन्द्रभक्त अधिकारी, डा. गंगा सापकोटा, रामबहादुर खड्का र प्रेमबहादुर विक गरी ८ जनाको नाम केन्द्रमा आएको थियो । यता नवलपुर–२ बाट पूर्णचन्द्र नेपाल, कमलराज गुरौ, सितादेवी देवकोटा पाण्डे, ओमबहादुर घर्ती, डेमनारायण महतो, कमानसिंह थापा, भलमाया विक, ज्ञानेन्द्र पौडेल, टंकप्रसाद अर्याल र रामशरण विक गरी १० जना सिफारिस भएका थिए ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशबाट १६३ जनाको नाम प्रतिनिधिसभा समानुपातिकतर्फ सिफारिस भएको थियो । जसअनुसार गुल्मी–१ बाट झकबहादुर पुन, भगवती काफ्ले भण्डारी र सुवर्ण ज्वारचन तथा गुल्मी–२ बाट कल्पना घिमिरे, गायत्री थापा क्षेत्री र कृष्णबहादुर कुंवर सिफारिस भएका थिए ।

पाल्पाबाट ११ जनाको नाम सिफारिस भएको थियो । जसमा क्षेत्र नम्बर १ बाट सन्दिप राना, विष्णुमायाँ ढकाल, विजयराज घिमिरे र शुक्रराज भण्डारी, क्षेत्र नम्बर २ बाट विधान श्रेष्ठ, राजन पन्त, लालकुमारी राना, शोभा शाक्य, महेश्वरी कुंवर र सीता नेपाल र जमिला मियाँ छन् ।

नवलपरासी–१ बाट लालबहादुर गुरुङ, गिरिसबहादुर चौधरी, ज्ञानीमाया लामा र अम्विका चौधरी तथा क्षेत्र नम्बर २ बाट अर्जुनकुमार पोखरेल, रामचन्द्र प्रसाद कोइरी मौर्य र मञ्जु खत्री सिफारिस भएका थिए ।

रुपन्देही–१ बाट पार्वती न्यौपाने, शक्तिप्रसन्न गिरी, भगवती गैरे, दुर्गाबहादुर राना, विष्णुबहादुर राना र भगौती सिंह गरी ६ जनाको नाम सिफारिस भएको थियो । रुपन्देही–२ बाट प्रा.डा. बुद्धबहादुर थापा, चिरञ्जिवी जोशी, अर्जुन रानाभाट, लक्ष्मी जोशी, मनोरमा शेरचन, रिता सेन वली, नुमा थापा, राममाया आचार्य पौडेल र हुमकला पौडेल छन् ।

रुपन्देही–३ बाट जन्नतुन निशा धुनिया र विष्णु थापा, क्षेत्र नम्बर ४ बाट मुकेश यादव, सुमित्रा लोद, गोपाल ज्ञवाली, गणेशप्रसाद चौधरी र सन्तराम हरिजन, रुपन्देही–५ बाट अनिता ढुंगाना शाह, खडानन्द खनाल, सुनिलप्रसाद मरासनी, कमल भुसाल, डिल्लीराज ज्ञवाली, चन्द्रमणी शर्मा, गोविन्दप्रसाद शर्मा, वासुदेवदीन पौडेल, डोलबहादुर थापा, हरि पोखरेल, देवीप्रसाद शर्मा जैशी, विरेन्द्र शर्मा, योगेन्द्रप्रसाद चौधरी र यमबहादुर क्षेत्री गरी १४ जनाको नाम केन्द्रमा आएको थियो ।

यस्तै कपिलवस्तु–१ बाट कमलेशकुमार शर्मा, लोकनाथ शर्मा, देउकला कुमाल, जयसराम यादव, युवराज केसी, गुणलक्ष्मी ज्ञवाली र सिमरिन मियाँ गरी ८ जना तथा क्षेत्र नम्बर २ बाट सुभालाल भुसाल, सीता न्यौपाने, मेघराज टण्डन, रविन्द्रनाथ ठाकुर र राजेश ज्ञवाली गरी ५ जनाको नाम सिफारिस गरिएको थियो ।

कपिलवस्तु–३ बाट रुपा विकको नाम एकल सिफारिस भएको थियो ।

अर्घाखाँचीबाट अमरबहादुर थापा, चन्द्रबहादुर टण्डन, चन्द्रबहादुर सारु, डा. दिनेशचन्द्र भट्टराई, बालकृष्ण पाण्डे, भोजबहादुर बस्नेत र ललितसुनार गरी ७ जनाको नाम सिफारिस भएको थियो ।

यस्तै प्युठानबाट मुक्तिप्रसाद शर्मा, मुक्तिप्रसाद सुवेदी, श्रीकृष्ण प्रपन्न सुवेदी, दिवाकर गौतम, भुवन भट्ट, देवीराम पुन, धनलक्ष्मी श्रेष्ठ, तिलक विक र नामबहादुर नेपाली गरी ९ जना सिफारिस हुँदा रोल्पाबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढामगरको नाम सिफारिस भएको थियो ।

पूर्वी रुकुमबाट केशरमान रोका र भावना केसी खड्का, दाङ–१ बाट सुशीला चौधरी, आत्माराम भट्टराई, खड्गबहादुर सुनार, द्रोण भुसाल, गोविन्द रेग्मी, रामप्रसाद चौधरी, जमिर शाह, लोकराज केसी र श्रीपत चौधरी गरी ११ जनाको नाम प्रदेश समितिबाट सिफारिस भएको थियो ।

दाङ–२ बाट विरकेशरी गौतम, नदनकुमार शर्मा, हरिप्रसाद रजौरे, गोविन्द मजगैया, तेजबहादुर विक, लक्ष्मीमान चौधरी, विमला योगी र सपना बोहरा, दाङ–३ बाट गेहेन्द्र गिरी, बुद्धिराम भण्डारी, कृतिबहादुर खड्का, घनश्याम सुनार, देवीका नेपाली घिमिरे र चुर्णबहादुर चौधरी सिफारिस भएका थिए ।

यस्तै बाँके–१ बाट नारायणप्रसाद सिग्देल, द्रौपदी ओली क्षेत्री, लुटबहादुर खत्री, क्षेत्र नम्बर २ बाट मैकुलाल वाल्मिकी, गजेन्द्रबहादुर हमाल, किरण कोइराला, अब्दुल हमिद सिद्दिकी भोला, सावरा वेगम, बन्दना सिंह, त्रिलोकी गिरी, रविन्द्रमान श्रेष्ठ, डा. सुरेशकुमार कनौडिया, रामु चिडीमार, राकेशबहादुर श्रीवास्तव, अजित कुमार शर्मा, रमा उपाध्याय र कमला भट्ट सिफारिस भएका थिए ।

यस्तै बाँके–३ बाट कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाईली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल गरी ९ जना सिफारिस भएका थिए ।

बर्दिया–१ बाट जबेदा खातुन जागा, सरिफ अहमद सिद्धिगी, मोहनलाल थारु, खडानन्द तिवारी, खम्भबहादुर घर्तीमगर, देवकीनन्द त्रिपाठी, मायाकुमारी पौडेल, कालूराम विश्वकर्मा, शान्तिकुमारी अधिकारी, लक्ष्मी ढकाल र पवित्राकुमारी अर्यालको नाम सिफारिस भएको थियो ।

बर्दिया–२ बाट फुलाराम थारु, भर्दबहादुर शाही, किरण शर्मा झा, नन्दाराम तिमिल्सिना, मालती सोडारी, सरितादेवी शर्मा, चन्द्रध्वज जिसी, बद्री सिग्देल, मेनकादेवी पौडेल, शशीराम विक, मनिषा गुरुङ, तर्कबहादुर शाही, दिपनारायण श्रेष्ठ, मोहनराज जोशी र मालती शाह गरी १५ जनाको नाम सिफारिस भएको थियो ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ ६१ जनाको नाम सिफारिस भएको थियो । जस अनुसार सल्यानबाट गणेश चन्द, टीकाराम रोका, ध्रुवबहादुर मल्ल, निमवहादुर ओली, महेश मल्ल, तुल्सीराम बस्नेत, मेनका चन्द र विरेन्द्रकुमार शर्मा गरी ८ जनाको नाम प्रदेश कार्यसमितिले सिफारिस गरेको थियो ।

यस्तै रुकुम पश्चिमबाट गोपालजीजंग शाह मानवहादुर नेपाली, मनिषा रोकाय, डोल्पाबाट टंकप्रसाद उपाध्याय, दुधकुमारी हमाल, अर्णबहादुर न्यौपाने, जुम्लाबाट गीता शाही, जयहरी आचार्य, परेकलाल घर्ती, भीमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सैजुवाल गरी ८ जनाको नाम सिफारिस भएको थियो ।

यसैगरी मुगुबाट हस्तबहादुर मल्ल, धनशीला मल्ल, मिनबहादुर भाम, हुम्लाबाट जयपति रोकाय, रिता शाही, कालीकोटबाट अम्बबहादुर शाही, हिक्मतबहादुर विष्ट, मोतीराज बम, सुशीलाकुमारी गिरी, दमनराज बम, सुमित्राकुमारी बम र जग्ग कामीको नाम सिफारिस भएको थियो ।

यस्तै जाजरकोटबाट मैना कार्की रावल, महेन्द्रबहादुर शाह, रामजंग शाह र जनक नेपाली वादी, दैलेख–१ बाट इन्दिरा थापा, कुलबहादुर विश्वकर्मा, गणेशबहादुर खड्का, दिपक सोनी र निर्मलाकुमारी खड्का थापाको नाम सिफारिस भएको थियो ।

दैलेख–२ बाट सीताकुमारी राना, नरबहादुर खड्का, सुर्खेत–१ बाट नरहरि भट्टराई र ज्ञानु भुसाल, सुर्खेत–२ बाट शिवराज जोशी, जानकी सिंह, गोविन्दबहादुर मल्ल, यज्ञ बिसी, धर्मराज गिरी, लोकबहादुर विश्वकर्मा, तीर्थजंग शाही, साधना घिमिरे, प्रेमप्रकाश खड्का, डम्मर देवी उपाध्याय, यमुना सापकोटा, लालबहादुर चौधरी, हिक्मत ओली र धनादेवी विष्ट गरी १४ जनाको नाम सिफारिस भएको थियो ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसको प्रदेश समितिले १११ जनाको नाम सिफारिस गरेको थियो ।

जसअनुसार बाजुराबाट दिपादेवी बोहरा, हुमनाथ जोशी, महासनाई नेपाली, विद्यादेवी तिमिल्सिना, जुनाकुमारी दानी र पदमबहादुर नेपाली सिफारिस भएका थिए । यस्तै बझाङबाट केशवराज जोशी, जगतप्रसाद जोसी, दिपेन्द्रराज जोशी, नन्दकृष्ण जोशी, नरेशबहादुर सिंह, मोतिलाल उपाध्याय, सिद्धराज जोशी, सत्यराज भण्डारी, देवीकुमारी देवकोटा, विवसचन्द्र स्नेही र शारदा देवी तामाङको नाम सिफारिस भएको थियो ।

यस्तै डोटीबाट कल्पना सोव, दिलबहादुर शाही, पदमसिंह मल्ल, पूर्णसिंह कठायत, प्रशिश महरा, मुक्ति शर्मा र योगेन्द्र माझी, अछाम क्षेत्र नम्बर १ बाट अनुराधाकुमारी स्वार, मोतिलाल बोहरा, डम्मर सुनार, मो.अक्रामुल सेख, शान्ता कुवर, लक्ष्मी शाह र सुरेन्द्र खड्काको नाम सिफारिस भएको थियो ।

अछाम–२ बाट अम्बिकाकुमारी थापा, अक्कल बहादुर विष्ट, देवराज देवकोटा, टेकबहादुर विक, विपी रेग्मी, सुनिता थापा र विनोद थापा, दार्चुलाबाट गणेशराज भट्ट, पदमराज पन्त, कुमारी नन्दा बम र ललितसिंह बोहराको नाम सिफारिस भएको थियो ।

यस्तै बैतडीबाट रमेशदत्त पाण्डे, नरेन्द्रप्रसाद भट्ट, कृष्णदत्त भट्ट र देवी ठगुन्ना, डडेल्धुराबाट डा.आरजु राणा देउवा, नैनसिंह महर, जनकराज कलौनी र नरभान कामीको नाम सिफारिस भएको थियो ।

कञ्चनपुर–१ बाट कृष्णादेवी गिरीको नाम एकल सिफारिस भएको थियो भने क्षेत्र नम्बर २ बाट पुष्करराज ओझा, देवराज पाठक, श्यामलाल राना, गीताकुमारी चौधरी, भैरव ऐर, वेदप्रकाश चौधरी, रोशनलाल चौधरी, शिरोमणी कुमार ओझा, धर्मराज भण्डारी र गीताकुमारी चौधरीको नाम सिफारिस भएर केन्द्रमा आएको थियो ।

यस्तै कञ्चनपुर ३ बाट तारणीदत्त चटौत, अन्तराम भट्ट, बीरबहादुर सुनार, नरेन्द्रसिंह भण्डारी, तारादत्त अवस्थी, मन्सा डंगौरा, गोकर्णबहादुर चन्द, तारादेवी भट्ट, रमिता शाही देउवा, प्रमिला जैरु र कमला गिरी गरी ११ जनाको नाम सिफारिस भएको थियो ।

यस्तै कैलाली–१ बाट इश्वरी न्यौपाने, उमाकुमारी वादी, गंगादेवी चौधरी, गंगाबहादुर कँवर, वृखबहादुर रावल, वीरबहादुर हमाल, रणबहादुर रावल, सूर्यबहादुर रावल र सुशील स्वार तथा  कैलाली–२ बाट जनकबहादुर बम, जितेन्द्र उपाध्याय, बलबहादुर विष्ट, रिता मुडवरी, लोगवहादुर महतो र सुमन सन्ज्यालको नाम सिफारिस भएको थियो ।

कैलाली–३ बाट गोमा आचार्य, परशुराम चौधरी, भागीराम चौधरी, रामचरण चौधरी, रिताकुमारी चौधरी र सुवासचन्द्र अग्रवाल तथा कैलाली–४ बाट दीर्घराज भाट, गोपालबहादुर देउवा, पदमराज भट्ट र हिरादत्त भट्टको नाम सिफारिस भएको थियो ।

यस्तै कैलाली–५ बाट आनन्दराज जोशी, जानकी देवी जोशी, जीवन राना, टेकबहादुर रैका (आउजी), दिव्यश्वरी शाह, नरनारायण शाह, निपा चोखाल, नृपबहादुर ओड, नृपबहादुर सुनार, पुष्पा जोशी भट्ट, भीमबहादुर शाह, मनीराम देवल र सुशीला मिश्र भट्ट गरी १३ जनाको नाम सिफारिस भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप