बेलायत जाने नर्ससँग पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण

सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससँग विभिन्न वहानामा पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न एजेण्ट तथा कन्सल्टेन्सीले पैसा उठाइरहेको गुनासोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल सरकार र बेलायत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएर ‘जी टु जी’ मार्फत कामदार पठाउने तयारी भइरहेको भन्दै त्यसका लागि एक पैसा पनि शुल्क नलाग्ने प्रष्ट पारेको छ । बेलायतको चर्चित पत्रिका द गार्जियनले सरकारी कोटामा बेलायत जाने नर्ससँग नेपाली एजेन्टहरूले पैसा लिइरहेको भन्दै समाचार प्रकाशित गरेको थियो । यसमा बेलायतले नेपाली नर्सलाई ल्याउने विषयमा सचेत हुनुपर्ने भन्दै विज्ञको समेत धारणा सार्वजनिक गरेको थियो ।
यसले नेपाली नर्सलाई सम्मानजनक व्यवहार नहुनेप्रति सचेत गराउँदै दुवै सरकारको ध्यानाकर्षण गराएको थियो । उक्त समाचारप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया पारदर्शी तवरले अगाडि बढ्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्ति अनुसार बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालय र नेपालको वैदेशिक रोजगार विभागबाट संयुक्त रूपमा कार्यान्वयन हुने भन्दै त्यसका लागि वैदेशिक रोजगार विभागमा एक छुट्टै कार्यान्वयन इकाई समेत स्थापना भइसकेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउँदा घट्ने भयो आर्थिक भार
-
सत्ता साझेदारको खटपट सामसुम पार्ने प्रयास, नेताहरूको दौडधुप बढ्यो
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
भूकम्प पीडितको खोलाको किनारमा बास
-
पश्चिम नवलपरासीबाट १३३ बोरा गहुँ बरामद
-
बौद्धको फुलबारीमा आगलागी, हस्तकलाको सामान क्षति