ट्रेलरमा यस्तो देखियो दयाहाङ र सौगातको ‘२ नम्बरी’
दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । ३ मिनेट १७ मिनेटको सार्वजनिक ट्रेलर फिल्मका केही महत्वपूर्ण झलक समेटिएका छन् ।
ट्रेलरमा मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ । ट्रेलरमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धी तामाङको ससक्त उपस्थिती देख्न सकिन्छ । ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । फिल्ममा दयाहाङ, सौगात, उगेन, उपासना, बुद्धीको अलवा पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि अभिनय छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छन् । सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा जयन जे वाइवाले संगीत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ