मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्यले आजदेखि खसीबोका बिक्री गर्ने, कति पर्छ किलोको ?

बुधबार, १२ असोज २०७९, ०८ : ०७
बुधबार, १२ असोज २०७९

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि  कम्पनीको थापाथलीमा रहेको  प्रादेशिक  कार्यालयबाट बिक्री  सुरु गरिने भएको हो । 

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्‍ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्‍ग्रा काठमाडौं ल्याइएको छ । कम्पनीले हिजो खसीबोका प्रतिकेजी  ६ सय  ८०  रुपैयाँ र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूल्य नै  बढेकाले  मूल्य  बढ्न  गएको  कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्‍ग्रा र  खसीबोकामा  प्रतिकेजी १० रुपैयाँ छुट दिइएको जानकारी दिए । 

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्‍ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र  च्याङ्‍ग्रा  प्रतिकेजी  एक  हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप