शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिबन्धित लागुऔषधसहित ३ जना प्रहरी नियन्त्रणमा

बुधबार, १२ असोज २०७९, ०८ : ५९
बुधबार, १२ असोज २०७९

झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा इलाम माई नगरपालिका  २ बस्ने वर्ष २२ का केबिन्द्र गोले,  सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र  पाँचथर फाल्गुनन्द गाउँपालिका–५ बस्ने वर्ष ३२ का सन्त लिम्बु रहेका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप