सिमरामा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा

जीतपुर सिमरा उपमहानगर,२ सिमरामा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ । सिमराका ब्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको करिव १८ करोड लगानीमा निमार्ण भएको सिनेमा हल सोमबारदेखि सञ्चालनमा आएको हो ।
संचालनमा आएको केएसआर सिनेमा हल सिमराकै पहिलो हो । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगन्ज र हेटौडासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । केही समयअघि सिमरामा करोडौंको लगानीमा बिजनेश सेन्टर सुरु गरेका व्यवसायीले दुई वटा स्क्रिनसहितको सुविधासम्पन्न सिनेमाहल संचालनमा ल्याएका हुन् । सोमवारदेखि सञ्चालनमा आएको केएसआर सिनेमाहलमा चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन भएको छ ।
सिनेमा हलको उद्घाटन गर्दै पूर्व श्रम मन्त्री किसान श्रेष्ठले शहरोन्मुख सिमरामा सिनेमा हल संचालनमा आउनु चलचित्र प्रेमीहरूका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि गौरवको विषय भएको बताएका छन् । विकसित शहरको रुपमा रुपान्तरित हुदै गएको सिमरामा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सिनेमा हल उद्घाटनका क्रमममा प्रेम गीत ३, कलाकारहरु समेतको उपस्थिती रहेको थियो ।
पथलैया–वीरगञ्ज औधोगिक करिडोर, उपमहानगरसँगै जोडिएको काठमाडौ–तराई मधेश द्रुतमार्ग, प्रस्तावित दोस्रो निजगढ अन्तराष्ट्रिय विमानस्थलका कारण बाराको सिमरा केन्द्रीत लगानीहरु भित्रिदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)
-
‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...