यस्तो छ फलफूल तथा तरकारीको आजको बजार  भाउ

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७२ रुपैयाँ  ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ६६ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा र स्थानीय काउली ८८ रुपैयाँ रहेको छ । 


लोकल काँक्रोको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ, हाइब्रीड काँक्रो ३३ रुपैयाँ ७५ पैसा, कागती २१४ रुपैयाँ, किवि ३३३ रुपैयाँ ३३ पैसा, कुरिलो ९०० रुपैयाँ, अकबरे खुर्सानी १२३ रुपैयाँ ३३ पैसा, तराई गाजर १७० रुपैयाँ, लोकल गाजर १३६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेँडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेँडा ६५ रुपैयाँ, लोकल सानो गोलभेँडा २४ रुपैयाँ ८० पैसा, घिरौला, भिण्डी र लोकल घिउ सिमी ६५ रुपैयाँ, चिचिन्डो ४० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ र डल्ले च्याउ ४७५ रुपैयाँ रहेको छ । 



झिगूनीको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, पाटे तरबुजा ८५ रुपैयाँ, हरियो तरबुजा ८६ रुपैयाँ, छडी, बचुवा र मुंगरी माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४६ रुपैयाँ ६७ पैसा, तामा र तोफु १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग, परवर र सेतो मूला ४५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, पिँडालु ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ७६ रुपैयाँ, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११५ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११० रुपैयाँ, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, नेपाली सुकेको लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, फुजी स्याउ २८३ रुपैयाँ ३३ पैसा र हरियो धनियाँ १७५ रुपैयाँ रहेको छ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।