एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यू आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको अवसरमा बडा छुट अफर सार्बजनिक गरेको छ ।


यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।



यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यू आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।



विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यूआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको हो । भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यू पे तथा  विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।