बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
बुधबार, १२ असोज २०७९, ११ : २१
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारेलमा गएराती मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतिय नागरिक ३२ वर्षीय सन्दिपकुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्वी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ । नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ