मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘मीलन’ को नयाँ गीतमा २५ हजार जित्ने अवसर

बुधबार, १२ असोज २०७९, ११ : २२
बुधबार, १२ असोज २०७९

फिल्म ‘मीलन’ को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर, राजु सेन्चुरीको शब्द तथा संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको अभिनय देख्न सकिन्छ । 

कात्तिक १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मको गीतमा निर्माण युनिटले टिकटक प्रयोगकर्ताका लागी नयाँ अफर ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागी नगद सहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो । 

सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट ५ छनौट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । 

यस्तै उक्त गीतमा टिकटक बनाउने उत्कृष्ट १० हजारलाई पनि नगद पुरस्कार दिइने बताइएको छ । 

टेक पौरखीको निर्देशन रहेको फिल्ममा कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापा बिचको त्रिकोणात्मक प्रेम कथा देखाउन खोजिएको छ । फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । 

फिल्ममा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो फिल्मका निर्माता प्रविन थापा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप