मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनलाई सहयोग जुटाउन राष्ट्रपतिको दौडधूप

बुधबार, १२ असोज २०७९, १२ : ००
बुधबार, १२ असोज २०७९

युक्रेनमा आवश्यक सहयोगबारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका थिए ।

युक्रेनमा केही महिना अघि रुसले गरेको आक्रमणपछि यहाँको आर्थिक लगायतको अवस्था कमजोर हुदै गएको छ । हाल पश्चिमा देशहरुले युक्रेनको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग गरिरहेका छन् । बेलायत र अमेरिकाले युक्रेनलाई आवश्यक पर्ने हात हतियार समेत उपलब्ध गराइरहेका छन् ।

युक्रेन युरोपियन युनियनको सदस्य बन्ने तयारीमा रहेकाले यसका लागि आवश्यक सहयोग गर्न पनि उनले फ्रान्सेली विदेशमन्त्रीसँग आग्रह गरे । सो भेटका क्रममा फ्रान्ससँग युक्रेनी राष्ट्रपतिले प्रतिरक्षाका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि आग्रह गरेकाे युक्रेनी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिमा राष्ट्रपति जेलिन्स्किीले युक्रेनको पछिल्लो अवस्थाको बारेमा फ्रान्सलाई जानकारी गराएको र उनीहरुका बीचमा युक्रेनका लागि हाल गर्न सकिने सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ ।

युक्रेनमा रुसको आक्रमणका विरुद्धमा फ्रान्सले पनि युक्रेनलाई विगतदेखि सहयोग गर्दै आएको छ । गएको फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि हमला गरेको थियो । सो हमलाबाट युक्रेनमा मानवीय र आर्थिक क्षति पुगेको छ । रुसले युक्रेनमाथि गरेको सो हमलापछि फ्रान्सेली विदेशमन्त्री कोलोनाले गर्नुभएको युक्रेनके यो दोस्रो पटकको भ्रमण हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप