शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

बुधबार, १२ असोज २०७९, १२ : २२
बुधबार, १२ असोज २०७९

चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने  १६ जनालाई काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गोंगबुमा राखिएको छ । 

आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको  टोलीले कोटेश्वरबाट ८ जना र नयाँ बसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । 

चाडपर्वको समयमा यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ । 

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप