युक्रेनमा कब्जा गरिएका भूभागमा भएको जनमत संग्रहमा जीत हासिल गरेको रुसको दाबी

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

युक्रेनको रुसी-नियन्त्रित क्षेत्रहरूमा गरिएका चार जनमतसंग्रह समाप्त भएको छ । यी भोटहरूलाई मस्कोले थप क्षेत्रहरू गाभ्ने आधारको रूपमा प्रयोग गर्न सक्ने पश्चिमा राष्ट्रहरुले चिन्ता व्यक्त गरेका ।


ती क्षेत्रहरूमा मस्को-स्थापित अधिकारीहरूले मतदानमा रूसमा सामेल हुनका लागि लगभग पूर्ण समर्थन रहेको दाबी गरिरहेका छन् । युक्रेनको सरकार र उसका सहयोगीहरुले यो मतदानलाई धोखाको रूपमा निन्दा गरेका थिए। अन्तर्राष्ट्रिय मान्यताको दिइएको थिएन भने प्रक्रियालाई स्वतन्त्र रूपमा अनुगमन गरिएको थिएन ।



खेरसन र जापोरिझ्झियाको दक्षिणी क्षेत्रका रुसी-कब्जा भएका भागहरूमा पनि मतदानको आयोजना गरिएको थियो। त्यस्तै डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा पनि मतदान भएको थियो। 



रूसभर छरिएका शरणार्थीहरूले पनि दर्जनौँ मतदान केन्द्रहरूमा मतदान गरेका थिए थिए । जसमा सन् २०१४ मा रूसले कब्जा गरेको दक्षिणी युक्रेनी प्रायद्वीप क्राइमिया पनि रहेको थियो। 

त्यहाँको मतदानको आंशिक परिणामहरूले रूसमा सामेल हुने पक्षमा ठूलो बहुमत देखाएको छ । युक्रेनको लगभग १५ प्रतिशत भूभाग ओगटेका युद्धग्रस्त क्षेत्रहरूमा ४० लाख मानिसहरूलाई मतदान गर्न भनिएको थियो। डोनेट्स्क र लुहान्स्कमा क्रेमलिन समर्थित प्रशासनद्वारा सञ्चालित समाचार एजेन्सीहरूले  ९९.२३ प्रतिशत मानिसहरूले रूसमा सामेल हुने पक्षमा मतदान गरेको रिपोर्ट गरिरहेका छन् ।
बीबीसी

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।