विवेकशील साझाबाट रवीन्द्र मिश्रसहित को–को गए राप्रपामा ?

विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्रसहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधबार दिउँसो १ बजे काठमाडौंको राष्ट्रियसभा गृहमा उनीहरु राप्रपा प्रवेश गरेका हुन् । राप्रपा प्रवेश गर्दा विवेकशील साझाका निवर्तमान अध्यक्ष मिश्रलाई करिब १ दर्जन नेताले मात्र साथ दिएका छन् ।
विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार केन्द्रीय समितिका १ दर्जन नेताले मात्र मिश्रसँगै राप्रपा जाने निधो गरेका छन् । उनीहरुले पार्टी कार्यालयमा राजीनामा पत्र बुझाएको उनको भनाइ छ । जसमा केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र, माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्री लगायत छन् । विवेकशील साझाको चर्चित अनुहार एक जना पनि मिश्रसँग नभएको उनको भनाइ छ ।
विवेकशील साझालाई हिन्दु र राजावादी बनाउन पञ्च, मण्डले र राजावादी पृष्ठभूमिका मान्छे पार्टीमा छिरेका थिए । उनीहरुलाई बोकेर मिश्र राप्रपामा गएको परियारले बताए । वैकल्पिक राजनीतिका मुख्य अनुहारहरू डाक्टर उमेद पुन, किशोर थापा, प्रकाशचन्द्र परियार, समीक्षा बाँस्कोटा, प्रदीप थापा, रञ्जु दर्शना, केशव दाहाल, नवराज थापा, मिलन पाण्डे, सरोज गौतम, विराजभक्त श्रेष्ठ, पवित्रा थापा, सुवुना बस्नेत र घनश्याम विश्वकर्मा छन् ।
यस्तै सुरज प्रधान, सञ्जीव भट्टराई, रजीया वानु, प्रमेश श्रेष्ठ, समुन्द्र केसी, आशुतोष प्रधान, अमलेश कर्ण, उत्तम निरौला, कीर्ति तुलाधर, जमुना सुवेदी, पुष्पा सापकोटा, डाक्टर तारा काफ्ले, यमनारायण खनाल, रमेश विष्ट, रमन सुवेदी, अनिल भेटवाल, विकास मानव श्रेष्ठ, शारदा रिजाल, कल्पित पाण्डे, सरस्वती पन्थी भुषाल, डा.सुमित्रासिंह लामा, सस्मित पोखरेल, सुदर्शन राज शर्मा, सुमित्रा गुरुङ, सुशील देवकोटा, हरिकृष्ण श्रेष्ठ, हीरामणि पौडेल, कृष्णप्रसाद भट्टराई, डा.नन्द काप्री र सञ्जय बराल विवेकशील साझामै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !