शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समुद्री आँधीले क्युबामा ब्ल्याक आउट

बुधबार, १२ असोज २०७९, १३ : ०२
बुधबार, १२ असोज २०७९

समुद्री आँधी इयानका कारण क्युबा देश पुरै विद्युत्विहीन बनेको त्यहाँको सरकारले जानकारी दिएको छ । मुख्य पावर प्लान्टलाई पुनः सुचारु गर्न नसकेपछि विद्युतीय व्यवस्था नै ध्वस्त बनेको अधिकारीहरूले बताएका छन् । 

त्यहाँको विद्युत् प्राधिकरणका प्रमुखले करिब १.१ करोड जनसङ्ख्या अन्धकारमा रहेको जानकारी दिएका छन् । स्थानीय पत्रकारले एन्टानियो गुटेरेस थर्मो इलेक्ट्रिक पावर प्लान्टलाई पनि सुचारु गर्न नसकिएको जानकारी दिए । 

आँधीबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै संरचनाहरुमा क्षतिमा पुगेको छ । १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको सो आँधी यतिबेला अमेरिकाको फ्लोरिडा राज्यतर्फ अघि बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप