अन्तर्राष्ट्रिय थाहा दिवस मनाइयो

person explore access_timeअसोज १२, २०७९ chat_bubble_outline0

सचेतनामूलक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको छ । बुधवार अन्तर्राष्ट्रिय थाहा दिवसको अवसरमा आयोजित सडक सूचना प्रवाह कार्यक्रम विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।


सचेतनामूलक कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे ।   उनले सूचनाको अधिकार छ, कानून भएपनि प्रक्रियामा नजाँदा आवश्यक समयमा सूचना प्राप्त हुन नसकेको बताए ।  उनले राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमुलक कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय सूचना दिवसले सबैमा सूचनाको हकको अधिकार सहजै पाउनुपर्ने बताए ।



उनले टोल, समाजका मानिसहरुलाई सूचनाको हक माग्नुपर्ने कुरालाई सबैले प्रेरित गर्नुपर्ने बताए । उनले राज्यले सूचना दिवस मनाउनका लागि होटलहरुमा गरेको कार्यक्रमले मात्रै नपुग्ने भन्दै सचेतनाको लागि सरकारी सञ्चारमाध्यमहरुमा प्रचारप्रसार हुनुपर्ने बताए ।



कार्यक्रममा सहभागीहरुले सूचना पाउने र माग्ने मेरो मौलिक अधिकार हो, आफूले तिरेको करले कसरी खर्च भइरहेको छ, जान्ने प्रयास गरौँ, सार्वजनिक निकायका बेथिति र भ्रष्टाचारको अन्त्य गर्न जागरुक बनौँ लगायतका सचेतनामूलक पम्प्लेट टाँसेका थिए ।-न्युज एजेन्सी नेपाल

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।